३१ असार २०८३, बुधबार | July 15, 2026

दार्चुलामा किशोर किशोरी मृत फेला



दार्चुला । दार्चुलामा एक  किशोर र किशोरी मृत फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३र२४ वर्षका  किशोर र किशोरीको शव फेला परेको हो । किशोरीको शव चोटपटक लागेको अवस्थामा फेला परेको छ । किशोरको शव भिरमा अडकिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले मृतक किशोरी नौगाड गाउँपालिका-४ की सञ्जिता धामी रहेको बताए । उनको शव भन्दा करिब ४०र५० मिटर तल भिरमा किशोरको शव अड्किएको अवस्थामा रहेको छ ।

उनको सनाखत हुन सकेको छैन । सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन् । एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको हो । इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्जार्च प्रहरी निरीक्षक गोबिन्द भण्डारी नेतृत्वको टोली घटनास्थलमा छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ८ : ०६ बजे

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत