७ माघ २०८२, बुधबार | January 22, 2026

पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ



चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो ।

जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिए । भरतपुर महानगरपालिका–२९ चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान थालिएको हो । यहाँ जङ्गल सफारीका लागि अत्यधिक पर्यटक आउने गरेका छन् । समुद्री सतहबाट एक हजार दुई सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो । यसबारे तीन वर्ष अध्ययन गरिएको थियो । एक सय २० किलोभन्दा कम तौल भएको अवस्थामा मात्र प्याराग्लाइडिङ उडान भर्न सकिने उनले जानकारी दिए ।

चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान भरेर देवघाट गाउँपालिका–५ स्थित त्रिशूली नदी किनारमा अवतरण गरिनेछ । कम्पनीका सञ्चालक शालिक दबाडीले पर्यटकका लागि नयाँ गन्तव्यको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ सुरु गरिएको बताए । यस क्षेत्रमा निकट भविष्यमा रोप साइक्लिङ, बन्जीजम्पजस्ता गतिविधि गर्ने योजना रहेको उनको भनाइ छ । दबाडीले भने, “चौकीडाडाँमा चौकीडाँडा रिसोर्टसमेत निर्माण गरेर यहाँको पर्यटन प्रवद्र्धनमा काम गर्ने योजना छ ।” कम्पनीले उडानका लागि कविलास डाँडाबाट समेत अनुमति पाएको छ ।

प्याराग्लाडिङ उडानका लागि प्रति व्यक्ति रु आठ हजार शुल्क तोकिएकामा हाललाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । दैनिक ४५ जनासम्मलाई उडाउन सकिने दबाडीको भनाइ छ । नेपाल प्याराग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र राउतले नागबेली सडक र त्रिशूली नदीमाथिको उडानले पर्यटक आकर्षित हुने बताए ।

प्याराग्लाइडिङ चालक सञ्जय गौतमले यहाँ उडानका लागि उपयुक्त हावा र स्थान रहेको बताउनुभयो । नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्ला आउने पर्यटकका लागि फरक अनुभव लिने गरी भरतपुरमा प्याराग्लाइडिङ सुरु भएको बताताइन । सबै खालका पर्यटक रमाउन सक्ने गरी भरतपुरमा पर्यटन प्रवद्र्धनको काम भइरहेको उहाँको भनाइ छ । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन गइरहेको उल्लेख गर्दै उनले पर्यटकको बसाइ लम्ब्याउने किसिमका गतिविधि गर्न जरुरी रहेको बताइन ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  १ : ३४ बजे

निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवर्द्धन महासंघको आह्वान

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

बाँकेमा १६ औं शृङ्खलामा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन गराईँदै

नेपालगन्ज । बाँकेमा ६२ प्रतिशत नागरिकको पहुँचमा मात्र हात्तीपाइले रोग

घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ