३१ असार २०८३, बुधबार | July 15, 2026

चन्दा सङ्कलन गरेर विद्यालय पुनःनिर्माण



बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुनःनिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण सो विद्यालय भवन जीर्ण बनेको थियो ।

विद्यालयको स्वर्ण जयन्तीका अवसर पारेर विस २०७५ देखि सुरु भएको विद्यालय भवन पुनःनिर्माण अभियानअन्तर्गत प्रवासमा रहेका बेगखोलावासीको नेतृत्वमा रु एक करोड ५० लाख सहयोग जुटाएर भवन नयाँ बनाइएको हो ।

देश तथा विदेशमा छरिएर रहेका बेगखोलावासी बेगखोला कल्याणकारी समाजमा गोलबद्ध बनेर विद्यालय भवन पुनःनिर्माण अभियान सुरु गरेका थिए । अभियानका क्रममा रु एक करोड ५० लाख सहयोग सङ्कलन गरेर विद्यालयको सातकोठे भवन पुनःनिर्माण गरिएको भवन पुनःनिर्माण समितिका संयोजक योगकुमार फगामीले जानकारी दिए ।

“यो अभियानमा बेगखोला बाहिरका सहयोगदाताले समेत आर्थिक सहयोग गरेका छन, कोभिडलगायतका विविध कारणले भवन कार्य निर्धारित समयमा सम्पन्न हुन सकेन, समग्रमा देश तथा विदेशमा रहेका बेगखोलावासीको एकता र सहकार्यले जीर्ण भवनबाट सुविधासम्पन्न भवन सम्भव भएको हो”, उनले भने ।

विद्यालयमा इन्द्रबहादुर , पदमबहादुर र यमकुमार पुर्जाका तीन दाजुभाइका परिवारले करिब रु १४ लाख लगानीमा कम्प्युटर कक्षाको लागि छुट्टै थप कोठा निर्माण गरिदिएका छन । सहयोगदाताले मन खोलेर सहयोग गरेकै कारण पुरानो र जीर्ण भवनको ठाउँमा सुविधासम्पन्न भवन निर्माण हुन सम्भव भएको पुनःनिर्माण अभियानका सचिव नगेन्द्र पुर्जा (नक्कु)ले जानकारी दिए । अभियानमा आर्थिक सहयोग गर्ने दाताको विद्यालयमा शिलालेखमा अभिलेख राखिएको छ ।

विद्यालयमा बेगखोलावासीले चन्दा सङ्कलन गरेर निर्माण गरेको सातकोठे कक्षाकोठा भवनबाहेक पुनःनिर्माण प्राधिकरणको शिक्षा एकाइमार्फत रु ३४ लाख लगानीमा तीनकोठे र ६० लाख लगानीमा चारकोठे थप भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक दुतबहादुर गर्बुजाले जानकारी दिए ।

प्रवासी बेगखोलावासीको नेतृत्वमा आर्थिक सङ्कलन गरेर र सरकारी तवरबाट समेत गरी कक्षाकोठा भवन निर्माण सम्पन्न भएपछि विद्यालयको नियमित पठनपाठनसमेत सहज भएको प्रअ गर्बुजाले बताए । यस विद्यालयले कक्षा ४ देखि नै कम्प्युटर विषयको समेत पठनपाठन गराउँदै आएको छ ।

रोजगारी, पेसा, व्यवसाय र अध्ययनका लागि विदेश र स्वदेशका विभिन्न ठाउँमा पुगेका बेगखोलावासीले आफ्नो गाउँको शिक्षा, सडक, खेलकुद क्षेत्रको विकासका लागि सहयोग भित्र्याउँदै आएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ७ : ३२ बजे

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार