४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु



बुटवल । रुपन्देहीको सैनामैनामा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना वडा न.८ कलौनि शान्तिटोलमा आज दिउसो २ दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हो ।

कपिलबस्तुबाट बुटवल तर्फ जाँदै गरेको लु २ च ८५२९ नम्बरको कार र बिपरित दिशाबाट आइरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठोरले जानकारी दिनुभयो ।

दुर्घटनामा परि मोटरसाइकलमा सवार सैनामैना वडा न.१ बस्ने वर्ष ३० का सन्तोष परियार र मोटरसाइकलमा सवार उनका बुबा ५० वर्षिय टेक बहादुर परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको राठोरले बताउनुभयो ।

कार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा रहेको छ र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको उहाले बताउनुभयो । मृतक दुवै जना बाबु छोरा हुन् ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ४ : २४ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा