१२ माघ २०८२, सोमबार | January 27, 2026

नेपालगन्जमा पाँच किलो सुनसहित दुईजना पक्राउ



नेपालगन्ज । नेपालगन्जको न्यूरोडबाट करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके प्रहरीले नेपालगन्जको न्यूरोडस्थित एक होटलमा बसिरहेको २ जनालाई ४ दशमलव ९२७ किलोग्राम सुनका विभिन्न गहनासहित पक्राउ गरेको हो ।

सुनका गहनासहित पक्राउ पर्नेमा विराटनगरका महानगरपालिका वडा नं. ९ का ४२ बर्षीय रमेश सोनी र सोही ठाउँका ३६ बर्षीय प्रकाश ठाकुर रहेको बाँके प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिका साथबाट सुनका सिक्री, चुरा, झुम्का, हार, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुङ्ग्री, औँठी लगायतका सुनका गहना बरामद गरेको एसपी राठोरले बताए ।

साथै उनिहरुको साथमा इस्टमेट बिलको ठेली थान १, डिजिटल तराजु थान १, विभिन्न मितिमा विभिन्न स्थानमा विक्रि गरेको इस्टमेट विलहरु थान १४, एनआइसी एसिया बैंकमा ७ लाख ३३ हजार ४ सय जम्मा गरेको भौचर थान १, प्रकाश ठाकुरको नाममा ३ लाख ८६ हजार ४ सय काटेको एनएमबी बैंकको चेक थान १ र विभिन्न दरको नोट गरि नगद ३५ हजार प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरगहना झोलामा राखेर हिँडिरहेको अवस्थामा बुधवार राती गहनासहित सोनी र ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुको साथबाट सुन कहाँबाट आएको र कहाँ लैजादै गरेको भन्नेबारे अनुुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सुनको जम्मा मुल्य ४ करोड ६९ लाख ५ हजार ७ सय ६३ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ४ : ३५ बजे

मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने

काठमाडौं । मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा

प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन

भक्तपुर । आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस

काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा

कुटपिट गर्दा श्रीमतीको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा

‘भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ता ठगिने क्रम बढ्दो’

नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको