१ चैत्र २०८२, आइतबार | March 16, 2026

तेस्रो नेपालगन्ज फोटो फेस्टिवल भोलिदेखि, सम्पुर्ण तयारी पुरा



नेपालगन्ज । नेपालगन्जमा तेस्रो फोटो फेस्टिवल हुने भएको छ । निशुल्क प्रवेश राखिएको फोटो फेस्टिवल २ दिन समम चल्ने आयोजक अन्तराल मिडियाले जनाएको छ ।

अन्तरालको आयोजना र व्यवस्थापनमाहुने यस फेस्टिवलमा भ्रष्टाचार विरुद्द क्रियाशील संस्थाबास नेपालले सहकार्य गर्दै आएको छ । ‘देशभरबाट प्रतिस्पर्धामा आएका फोटोहरुबाट उत्कृष्ट फोटोहरु छनोट गरिसकेका छौं’–निर्णायक मण्डलका संयोजक वरिष्ठ फोटो पत्रकार विकास कार्कीले भने,‘विधागत रुपमा उत्कृष्ट फोटोहरु र वर्षफोटो भोलिमात्रै घोषणा हुन्छ ।’

कार्कीको नेतृत्वमा फोटो पत्रकार क्लबकी अध्यक्ष श्रुति श्रेष्ठ र वरिष्ठ फोटो ग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक मण्डलले फोटो छनोट गरेको हो । हरेक विधामा उत्कृष्ट एक फोटो पुरस्कृत हुनेछ भने सबै फोटोबाट सर्वाेत्कृष्ट फोटोले वर्ष फोटो उपाधि सहित नगद पुरस्कार पाउँनेछ ।

जम्मा ९ विधा रहेका छन । यसैगरी सोही अवसरमा बाँके जिल्लाको विविध पक्ष झल्कने गरी नेपालगन्ज ग्यालरीसँगको सहकार्यमा अन्तरालले ‘१ से १ तस्विरमा बाँके’ फोटो प्रदर्शनी समेत गर्दैछ । फेस्टिवलका अवसरमा फोटोग्राफी कार्यशाला ,अन्तरक्रिया र फोटोग्राफी टुर गरिनेछ ।

यी फोटोहरुलाई सार्वजनिक ठाउँमा पनि प्रदर्शनी गरिने आयोजक अन्तरालले जनाएको छ । ‘नेपालगन्जवासीको मायाले तेस्रो श्रृङखलामा आइपुग्दा नेपालगन्ज फोटो फेस्टिवललाई देशव्यापी बनाउन सकियो, ‘आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने, ‘सिंगो नेपालको जीवन्त तस्विर झल्कने फोटो प्रदर्शनी अवलोकनका लागि सवैलाई हार्दिक निमन्त्रणा गर्दछौं ।’

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ६ : ४९ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन