१४ भदौ २०८३, आइतबार | August 30, 2026

बुटवलमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो अधिवेशन हुने



बुटवल । बुटवलमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो अधिवेशन हुने भएको छ ।

यही वैशाख १६ र १७ गते हुने अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष नारायण खनाल ‘लेकाली’ले जानकारी दिए ।

बुटवलको अन्तर्राष्ट्रिय सभागृहमा उद्घाटन सत्र तथा नयाँगाउँको मुक्तिनाथ धाममा बन्दसत्र हुने अधिवेशनमा देशभरबाट करिब ५ सय प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ ।

अधिवेशनमा विभिन्न ठाउँका मौतिक भजन तथा चुड्का लगायतका प्रस्तुती समेत रहने लेकालीले बताए । महाधिवेशनको पहिलो दिन बुटवलको सिद्देश्वरी प्राङ्गणबाट विभिन्न सांस्कृतिक झाँकीहरुसहित कार्यक्रम स्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसम्म र्यालीको आयोजना गरिएको छ ।

मौतिक संस्कृति तथा भजन, चुड्काको संरक्षण तथा पुस्तान्तरणका लागि २०६७ सालमा स्थापना भएको प्रतिष्ठानले देशका सबै जिल्लाहरुमा शाखा विस्तारलाई समेत तिब्रता दिएको संस्थापक अध्यक्ष प्रजापति पराजुलीले बताए ।

२०५० सालमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको निर्माण गरेका पराजुलीले फरक तथा धार्मिक र सास्कृतिक गीत संगीतको संरक्षणका लागि भजन चुड्का प्रतिष्ठानको स्थापना गरेका हुन् । यस प्रतिष्ठानमा हाल ५१६ जना आजीवन सदस्य रहेको पराजुली बताउँछन् ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ३ : ०५ बजे

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा

रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना