१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

चितवनको नयाँकिरण मावि मतदान स्थलमा तनाव



चितवन । चितवन–२ मा आइतबार प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भइरहेको छ । सोही क्रममा  भरतपुर महानगरपालिका–११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा भने केहीबेर तनाव भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उम्मेदवार रवि लामिछाने आएपछि उनका समर्थकले नाराबाजी गरेपछि नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव सृजना भएको हो ।

उम्मेदवार लामिछानेको पक्षमा उनका समर्थकले नाराबाजी गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो ।

लामिछानेका समर्थकको नाराबाजी र प्रहरीको बल प्रयोगले केहीबेर सो मतदानस्थलमा तनाव सृजना भएको थियो । अहिले स्थिति सामान्य रहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १ : २८ बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय