२४ बैशाख २०८१, सोमबार | May 6, 2024

आजको मौसम : अधिकांश क्षेत्रमा मेघगर्जनसहित सामान्य बर्षा, नदी तटीय क्षेत्रमा आकस्मिक बहावको सम्भावना



काठमाडौं । अहिले सुदरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम र दक्षिण, पश्चिम दिशाबाट बहेको) तथा अन्य प्रदेशहरुमा मनसुनी वायु (पुर्वी दिशाबाट बहेको) को प्रभाव कायम रहेको छ ।

यसका साथै मनसुनी न्युन चापीय रेखा नेपालको नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसअनुसार हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा भईरहेको छ ।

कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, डोटी, बझाङलगायत सुदुरपश्चिम प्रदेशका धेरैजसो स्थान र कर्णाली प्रदेशका केहि स्थानमा हल्कादेखि मध्ययम बर्षा हुने सम्भावना रहेको छ ।

त्यस आसपासका खोला तथा नदीहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राती देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बाग्मती प्रदेश र प्रदेश ५ का केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ६ : ५९ बजे

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : बाग्मतीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा