२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

आजको मौसम : अधिकांश क्षेत्रमा मेघगर्जनसहित सामान्य बर्षा, नदी तटीय क्षेत्रमा आकस्मिक बहावको सम्भावना



काठमाडौं । अहिले सुदरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम र दक्षिण, पश्चिम दिशाबाट बहेको) तथा अन्य प्रदेशहरुमा मनसुनी वायु (पुर्वी दिशाबाट बहेको) को प्रभाव कायम रहेको छ ।

यसका साथै मनसुनी न्युन चापीय रेखा नेपालको नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसअनुसार हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा भईरहेको छ ।

कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, डोटी, बझाङलगायत सुदुरपश्चिम प्रदेशका धेरैजसो स्थान र कर्णाली प्रदेशका केहि स्थानमा हल्कादेखि मध्ययम बर्षा हुने सम्भावना रहेको छ ।

त्यस आसपासका खोला तथा नदीहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राती देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बाग्मती प्रदेश र प्रदेश ५ का केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ६ : ५९ बजे

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका