४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

सेनाको सहयोगमा थालियो तिलौराकोट दरबार क्षेत्रका झाडी, बुुट्यानको सरसफाई



लुम्बिनी । विश्व सम्पदा सूूचीमा सूूचीकृतको तयारीमा रहेको प्राचिन तिलौराकोट दरबार क्षेत्रको झाडी, बुुट्यान सरसफाई शुरु गरिएको छ ।

२५६७ औं बुद्धजयन्तीको अवसर पारेर तिलौराकोट दरबार क्षेत्रलाई सौन्दर्यकरण र पुरातात्विक स्थललाई प्रस्तुुतयोग्य बनाउनका लागि आईतबार एक समरोहका विच झाडी सफाई अभियान शुरु गरिएको हो ।

लुम्बिनी विकास कोषको समन्वयमा नेपाली सेनाको शमशेर दल गण गोरुसिंगे कपिलबस्तुुको सहयोगमा एक हप्तासम्म दरबार दक्षिण तर्फ रहेको झाडी, बुुट्यान सरसफाई गरिने प्रमुुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए ।

विश्व सम्पदा सूूचीमा सूूचीकरणको लागि पर्याप्त प्रमाण संकलन भइसकेको बताउँदै थप देखिनलायक बनाउन झाडी सफाई गरिएको बताए ।

सरसफाई शुुभारम्भमा लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई सहित नेपाली सेनाका शमशेर दल गण गोरुसिंगेका गणपती प्रमुख सेनानी दिलिप घले, कोषका पुरातात्व महाशाखाका बरिष्ठ पुरातात्वविद् हिमाल उप्रेती, लेखा अधिकृत भिमबहादुर बस्नेत, बनस्तपती शाखा प्रमुख कमलेश बर्मा र पत्रकार मनोज पौडेलको उपस्थिती रहेको थियो ।

एकहप्तासम्म नेपाली सेनाका शमशेर दल गण गोरुसिंगेका सहसेनानी क्याप्टेन अमृत गुरुङको नेतृत्वमा झाडी सफाई हुने लुम्बिनी विकास कोष, तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव प्रसाद आचार्यले जानकारी दिए ।

नेपाली सेनाका ५० जना र लुम्बिनी विकास कोषका तर्फबाट सुरक्षकर्मी र मालीहरु १३ जना गरि ६३ जनाको टोली झाडी सफाईमा जुटेको उनले बताए ।भगवान गौतम बुुद्धले २९ बर्ष बिताएको प्राचिन तिलौराकोट दरबारमा पछिल्लो समय पर्यटकहरुको आवागमन समेत बृद्धि हुँदै गएको छ ।

विश्वसम्पदा सूूचीमा सुुचिकरणको तयारी भएपछि तिलौराकोट दरबारलाई सौन्दर्यकरण र पुरातात्विक स्थलको प्रतस्तुुतीकरणका लागि कोष परिषद सदस्य गोपिकृष्ण शर्मा र प्रमुख प्रशासकीय अधिकृत राईले नेपाली सेनासँग समन्वय गरि सफाई कार्यक्रम अगाडि बढाइएको हो ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ५ : ४६ बजे

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि