२० बैशाख २०८१, बिहिबार | May 3, 2024

तिलौराकोटमा सेनाको टोलीद्वारा सरसफाई शुरु



लुम्बिनी । कपिलवस्तु स्थित प्राचिन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाई शुरु गरिएको छ । लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा. ल्याहारक्याल लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) ले पदस्थापना लगतै तिलौराकोटको निरीक्षण भ्रमण गरेर झाडी सफाईका लागि नेपाली सेनासँग समन्वय गरेपछि सरसफाई शुरुवात भएको हो ।

विहिबारदेखि नेपाली सेनाको शमसेर दल गण गोरुसिंगेबाट खटिएका ३५ जना सेनाको टोलीले प्राचिन कपिलबस्तु दरवार क्षेत्रमा सरसफाई गरेका हुन । यो टोलीले लगातार १५ दिनसम्म सरसफाई गरिने जनाइएको छ ।

उपाध्यक्ष डा. लामाले गौतमबुद्धले २९ बर्ष विताएको गृहनगर कपिलबस्तुको तिलौराकोट दरबार क्षेत्र ऐतिहासिक र बौद्धिष्टहरुको आस्थाको केन्द्र भएकाले सरसफाई गरी सौन्दर्यकरण गर्ने प्रतिबद्धता जनाएका थिए । उपाध्यक्षको प्रतिबद्धता अनुसार झाडी सफाईका लागि नेपाली सेनासँग समन्वय गरेर शुरुवात गरिएको कोषका कार्यकारिणी सदस्य गोपीकृष्ण शर्माले जानकारी दिए ।

गणका सहायक सेनानी रामचरण चौधरीको नेतृत्वको ३५ सदस्यिय टोलीले १५ दिन सम्म दरबार क्षेत्रमा सरसफाई गर्ने छ । आफुहरुले बिगतमा पनि यस क्षेत्रको सरसफाई गर्दै आएको र कोषको निर्देशन अनुसार सरसफाई कार्य गर्ने सहायक सेनानी चौधरीले बताए । उक्त अवसरमा लुम्बिनी विकास कोषका लेखा अधिकृत भिम बस्नेत, सुरक्षा प्रमुख खगेन्द्र काफ्ले लगायतको उपस्थिती रहेको थियो ।

तिलौराकोट दरबार क्षेत्रलाई प्रस्तुतीयोग्य बनाउन सेनाको सहयोगमा हरेक बर्ष सरसफाई गरिदै आएको कोषका तिलौराकोट कार्यालयका प्रमुख माधव प्रसाद आचार्यले बताए । बिश्व सम्पदा सुचीको प्रस्तावित साईट पनि भएकाले प्रस्तुतीयोग्य बनाउन सफाई कार्य गरिदै आएको आचार्यले स्पष्ट पार्नु भयो । तिलौराकोट दरबार राजा शुद्धोधनको गणराज्य तथा सिद्धार्थ गौतमले युवाअवस्था सम्म २९ बर्ष बिताएको स्थान हो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ७ : ५४ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक