३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

बालाराम भटराईले सार्वजनिक गरे लायन्स सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा आफ्नो उम्मेदवारी



बुटवल । बुटवलको उद्यमी बालाराम भटराईले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा आफ्नो उम्मेदवारी दिएका छन ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको यहि बैशाख १६ गते रुपन्देहीको भैरहवामा महाधिवेशन हुदैछ । उक्त अधिवेशनमा सत प्रतिशत भोट गरी आफूलाई थप उर्जा र हौसला प्रदान गर्न उनले आग्रह गरेका हुन् ।

भटराईले आईतबार बुटवलमा पत्रकार सम्मेलन मार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै आफ्नो विजयले क्लबहरुको मात्रै नभएर उद्योग ब्यवसाय क्षेत्र र सिंगो समाजको प्रतिष्ठा बढने बताउदै आफूलाई जिताउन क्लवहरुलाई आग्रह गरे ।

उम्मेदवार भट्टराईले यस क्षेत्रको सामाजिक क्षेत्रमा सेवा गर्ने र विशेषगरि स्वास्थ्य क्षेत्रमा योगदान दिन आफुले विभिन्न योजना बनाएको बताएका छन् ।

भटराईले आफू सन २००८ देखि बुटवलबाट लायन्सको यात्रामा रहेको बताउँदै आफूलाई समाजसेवामा थप गतिशिल बन्ने अवसर दिन सबै संग आग्रह गरे ।

मेरो लक्ष्य उद्योग ब्यवसायको प्रर्वधन र हित संगै समाजसेवा पनि हो म लायन्स मार्फत समाजसेवामा प्रवेश गरेको हुं अझै गतिशिल हुन चाहन्छु भटराईले भने ।

लायन्सका १५ वटा डिष्ट्रिक्टहरु मध्ये सबैभन्दा ठूलो मानिएको डिष्ट्रिक ३२५ पी नेपालमा ५ वटा एरिया रहेको र १८६ क्लवबाट ३०४ मतदाता रहेको भटराईले जनाए ।

लायन्स क्लव अफ रुपन्देहीको पुर्व अध्यक्ष भटराईले यस पटकको निर्वाचनमा आफूलाई ६० प्रतिशत भन्दा बढी मत प्राप्त हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : ११ बजे

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौं । आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

झापा । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु