५ चैत्र २०८२, बिहिबार | March 20, 2026

लुम्बिनी प्रादेशिक अस्पताललाई एक नम्बर बनाउंछु : नवनियुक्त अध्यक्ष श्रेष्ठ

१२ सय शैयाको अस्पताल भवन ठेक्का अघि बढाउने घोषणा



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष अजयमान श्रेष्ठले अस्पताललाई नेपालकै अग्रणी र एक नम्बर बनाउने गरी आफूले कामगर्ने प्रतिवद्धता जनाएका छन् ।

आइतबार अस्पतालमा आयोजित पद वहाली कार्यक्रमम ाबोल्दै अध्यक्ष श्रेष्ठले आफू बुटवलको छोरो भएकाले अस्पतालको सेवा गुणस्तरीय र प्रभावकारी बनाउन निस्वार्थ भावनाले कामगर्ने बताए ।

उनले आफूले उद्योग, व्यवसाय र सामाजिक क्षेत्रमा हासिल गरेको ज्ञान र अनुभवसंगै विज्ञहरुसंग राय सुझाव लिएर अस्पताललाई नमूना बनाउने गरी कामगर्ने बताए । ‘मलाई कुनै लाभलिनु छैन, म प्रशासन चलाउन आएको पनि हैन’- अध्यक्ष श्रेष्ठले भने- ‘म अस्पताल प्रशासनलाई सहयोग गर्न, यहांका समस्या समाधान र वजेटका लागि प्रदेश र केन्द्र सरकारसंग डटेर कुरा राख्न आएको हुं ।’ अस्पतालमा विरामीको अत्याधिक चाप रहेकाले त्यसलाई थेग्न १२ सय शैयाको प्रस्तावित नयां भवनको ठेक्का प्रकृया अघि बढाउने पनि अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाए ।

प्रदेश सरकारको गौरवको आयोजनामा परेको अस्पतालको नयां भवनको ठेक्का प्रक्रियालाई कानुनी हिसाबले अप्ठेरो नपर्ने गरी अघि बढाउने श्रेष्ठले प्रतिवद्धता जनाएका हुन् । ‘ठेक्का रद्द गरेर वाकानुनी हिसाबले टुंगो लगाएर ठेक्का अघि बढाइन्छ’- अध्यक्ष श्रेष्ठले भने- ‘सरकारी अस्पतालप्रति नागरिकको विश्वास बढाउन र गुणस्तरीय सेवा दिन नयां भवनको विकल्प छैन ।’

अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीलाई नागरिकले दोस्रो भगवानका रुपमालिने भएकाले आफ्नो जिम्मेवारी नभुलेर मुस्कानसहितको सेवा दिन अध्यक्ष श्रेष्ठले आग्रह गरे । आफूले शुरुमा सय दिने, ६ महिने र एक वर्षे योजना बनाएर काम गर्दै भविष्यमा नेपालकै नमूना र अग्रणी अस्पताल बनाउने गरी काम गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले अस्पताल प्रशासन र कर्मचारीबीच समन्वय र तालमेल गरेर अघि बढ्न सुझाव दिंदै स्वास्थ्यकर्मीहरुले बिरामी मैत्री राम्रो व्यवहार गर्न आग्रह गरिन् । प्रादेशिक अस्पतालमा बढ्दो विरामीको चाप घटाउन उपमहानगरले वडाहरुमा १५ शैयाका अस्पताल बनाउन शुरु गरिसकेको उनले बताइन् ।

अस्पतालका पुर्व अध्यक्ष बाबुराम भट्टराईले १२ सय शैयाको अस्पताल भवन ठेक्कामा डेढ अर्ब रुपैयां तलमाथिगर्न खोजिएकाले ठेक्का विवादित र अलपत्र परेको भन्दै अब कानुनी प्रकृया मिलाएर अघि बढाउनुपर्ने सुझाए ।

उनले अप्रेशनको पालो ६ महिना कुर्नुपर्ने वाध्यता अन्त्य गर्न, वनकार्यालयको जग्गा अस्पतालको स्वामितत्व र संरक्षणमा लिन सुझाव दिए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले लामो समयसम्म अध्यक्ष नियुक्ति नहुंदा अस्पताल अभिभावकविहीन बनेको गुनासो गर्दै अब राजनीति भन्दा माथि उठेर काम गर्ने सक्षम नेतृत्व पाएको बताए ।

 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : १७ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको