१३ माघ २०८२, मंगलबार | January 28, 2026

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि बाँकेलाई



बुटवल । दोस्रो लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति कप रनिङ शिल्डको उपाधि दोस्रो पटक पनि बाँकेले हात पारेको छ । आज सम्पन्न प्रतियोगितामा सबैभन्दा बडी ९ स्वर्ण सहित बाँकेले उपाधि हात पारेको हो ।

आज सम्पन्न प्रतियोगितामा प्रथम भएको बाँकेले ९ वटा स्वर्ण ७ रजत र १५ कास्य पदक जितेको छ । प्रतियोगितामा कपिलवस्तुले दोस्रो स्थान प्राप्त गरेको छ । कपिलवस्तुले ९ स्वर्ण, ६ रजत र ८ कास्य जितेको छ भने तेस्रो स्थानमा आएको बर्दियाले ८ स्वर्ण, ८ रजत र १० कास्य पदक हासिल गरेको छ ।

विजयी खेलाडीहरुलाई लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले शिल्ड र प्रमाणपत्र वितरण गरे । अन्य विजयी खेलाडीहरुलाई परिषदका सदस्य नरेन्द्र थापा, हरिबहादुर ओली तथा खेल पत्रकार स्वस्तिक श्रेष्ठ लगायतले पदक र प्रमाणपत्र वितरण गरेका थिए ।

मंगलबार देखि शुरु भएको प्रतियोगिताको प्रदेश प्रमुख अमिक शेरचनले उदघाटन गरेका थिए । प्रतियोगितामा १२ जिल्लाका १ हजार ८० खेलाडीको सहभागीता रहेको थियो । राष्ट्रपति रनिङ शिल्डको राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरु प्रतियोगितामा भाग लिन आजै काठमाडौं प्रस्थान गरेका छन् ।

राष्ट्रिय प्रतियोगिता बैशाख १५ देखि काठमाडौमा हुँदैछ ।

 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १० : ०३ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य