२३ भदौ २०८३, मंगलबार | September 8, 2026

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि बाँकेलाई



बुटवल । दोस्रो लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति कप रनिङ शिल्डको उपाधि दोस्रो पटक पनि बाँकेले हात पारेको छ । आज सम्पन्न प्रतियोगितामा सबैभन्दा बडी ९ स्वर्ण सहित बाँकेले उपाधि हात पारेको हो ।

आज सम्पन्न प्रतियोगितामा प्रथम भएको बाँकेले ९ वटा स्वर्ण ७ रजत र १५ कास्य पदक जितेको छ । प्रतियोगितामा कपिलवस्तुले दोस्रो स्थान प्राप्त गरेको छ । कपिलवस्तुले ९ स्वर्ण, ६ रजत र ८ कास्य जितेको छ भने तेस्रो स्थानमा आएको बर्दियाले ८ स्वर्ण, ८ रजत र १० कास्य पदक हासिल गरेको छ ।

विजयी खेलाडीहरुलाई लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले शिल्ड र प्रमाणपत्र वितरण गरे । अन्य विजयी खेलाडीहरुलाई परिषदका सदस्य नरेन्द्र थापा, हरिबहादुर ओली तथा खेल पत्रकार स्वस्तिक श्रेष्ठ लगायतले पदक र प्रमाणपत्र वितरण गरेका थिए ।

मंगलबार देखि शुरु भएको प्रतियोगिताको प्रदेश प्रमुख अमिक शेरचनले उदघाटन गरेका थिए । प्रतियोगितामा १२ जिल्लाका १ हजार ८० खेलाडीको सहभागीता रहेको थियो । राष्ट्रपति रनिङ शिल्डको राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरु प्रतियोगितामा भाग लिन आजै काठमाडौं प्रस्थान गरेका छन् ।

राष्ट्रिय प्रतियोगिता बैशाख १५ देखि काठमाडौमा हुँदैछ ।

 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १० : ०३ बजे

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी