७ श्रावण २०८३, बिहिबार | July 23, 2026

एकीकृत समाजवादीको सबै जनवर्गीय सङ्गठनको पदाधिकारी भेला हुने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सबै जनवर्गीय सङ्गठनको पदाधिकारी भेला गर्ने भएको छ । पार्टीले यही वैशाख २० गते काठमार्डौँमा सो भेला गर्न लागेको हो ।

पार्टीका महासचिव घनश्याम भूसालको उपस्थितिमा आज बसेको मोर्चा फाँटको बैठकले पार्टी निकट २२ भ्रातृ सङ्गठनका पदाधिकारीको भेला गर्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी समसामयिक राजनीतिक अवस्थामा त्यसलाई प्रयोग गर्न केन्द्रीय नीतिमा प्राथमिकतामा राखिने छ । पार्टीले अवलम्बन गरेको समाजवादी अर्थ व्यवस्थाको नीति तथा राजनीतिक दृष्टिकोणका साथै कार्ययोजनामा आवश्यक सुझाव दिन भेलामा राजनीतिक, आर्थिक र सामाजिक विषयवस्तुमा छलफल गरिनेछ ।

महासचिव भूसालले पार्टीलाई देशभर सङ्गठित गरी जनतालाई उत्पादनसँग जोडेर सामाजिक रुपान्तरण गरी जनमुखि बनाउन पार्टीको कार्यदिशा परिमार्जन गर्न भेला उपयोगी हुने विश्वास व्यक्त गरे ।

मोर्चा फाँटका इन्चार्ज डा विजय पौडेलका अनुसार पार्टीमा गर्नुपर्ने आवश्यक सुधार तथा कार्ययोजनामा परिमार्जनका लागि सामूहिक धारणा भेलाले बनाउने छ । उक्त धारणाका आधारमा प्रतिवेदन बनाई पार्टी केन्द्रलाई बुझाउने छ । सबै सङ्गठनका करिब दुई सय पदाधिकारी सहभागी हुने भेलामा अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नेछन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १० : ३४ बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै