१५ माघ २०८२, बिहिबार | January 30, 2026

१४ वर्षपछि नेपालगन्जमा गायत्री महायज्ञ हुँदै



नेपालगन्ज । सद्भाव सहरका रुपमा रहेको नेपालगन्जमा १४ वर्षपछि ५१ कुण्डीय गायत्री महायज्ञ हुने भएको छ । दिव्य आकर्षक झाँकीका साथ श्रीमद् पावन प्रज्ञा पुराण एवं चार वेदको भव्य कलश यात्रासहित वैशाख २६ देखि २९ गतेसम्म नेपालगन्जको खजुरा रोडस्थित गायत्री मन्दिरमा सो महायज्ञ हुने गायत्री परिवार प्रज्ञा मण्डलले जनाएको छ ।

एकाउन्न कुण्ड निर्माण गरी त्यसमा पूजन सुरु हुने महायज्ञका संयोजक सत्यनारायण पाठकले जानकारी दिए । “महायज्ञमा प्रज्ञा पुराण र कथा प्रवचन हुन्छ जहाँ १८ पुराणको निचोड आउँछ”, उनले भने ।

मानवले जीवन जिउने कला प्रज्ञा पुराणको विशेषता भएको उल्लेख गर्दै पाठकले भक्तजनलाई महायज्ञमा सहभागी हुन आग्रह गरे । ऋषि तपोनिष्ट वेदमूर्ति पं श्रीराम शर्मा आचार्यद्वारा रचित श्रीमद् पावन प्रज्ञा पुराणको पूजन एवं कथा वाचन गरी शुभारम्भ हुने महायज्ञमा भारतको हरिद्वारबाट पं शैलविहारी दुवेलगायत पाँच पण्डितको सहभागिता रहनेछ ।

दिव्य आकर्षक श्रीराम, लक्ष्मणजी भएको प्रतीकात्मक झाँकीका साथ श्रीमद् पावन प्रज्ञा पुराण एवं चार वेदको भव्य कलश यात्रासमेत हुनेछ । महायज्ञमा करिब रु २० लाख खर्च हुने अनुमान छ । महायज्ञमा बाँकेबाहेक, बर्दिया दाङ, सुर्खेत, जनकपुर, काठमाडौँ, धनगढीबाट समेत भक्तजनको उल्लेख्य सहभागिता रहनेछ । टाढाबाट आएका भक्तजनलाई खान र बस्नको प्रबन्धसमेत गरिएको आयोजकले जनाएका छन् । महायज्ञका लागि विभिन्न उपसमितिसमेत निर्माण गरिएको छ । नेपालगन्जमा यसअघि हनुमान जयन्ती भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ११ : १७ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला