४ पुस २०८२, शुक्रबार | December 19, 2025

अयोग्य लडाकुलाई रकम बाँडिए सैह्य नहुने एमालेको चेतावनी

माओवादीलाई प्रश्न : लडाकुका नाममा लिएको ९५ करोड कहाँ गयो ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले लडाकुको नाममा लिएको ९५ करोड रुपैयाँबारे माओवादी नेतृत्वसँग जिज्ञासा राखेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले अहिले प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयको विरोध गर्दै सो काम अघि बढाए सैह्य नहुने चेतावनी दिएका छन् । गिरीले सेना

समायोजनताका लडाकुको नाममा माओवादी नेतृत्वले लिएका ९५ करोड रुपैयाँ कहाँ गएको भन्दै प्रश्न गरेका हुन् । अन्मिनले अयोग्य प्रमाणीकरण गरेका लडाकुहरुलाई अहिले दुई दुई २/२ लाख रुपैयाँ बाड्ने निर्णय तत्काल खारेज गर्नुपर्ने माग उनले गरे । उनले अनमिनले पुनः प्रमाणीकरण गर्दा एकीन नभएका २ हजार ४५१ जना लडाकुको नामा ९५ करोड रुपैयाँ माओवादी नेतृत्वले लगेको बताए । उनले सो रकम कहाँ गएको प्रश्न गरे समेत गरे ।

शान्ति प्रक्रिया पूरा गर्न ध्यान नदिएर राज्य कोषबाट दोहन गर्ने काम स्वीकार्य नहुने चेतावनी दिँदै प्रमुख सचेतक गिरीले आर्थिक संकटमा रहेका बेला सरकारले ४ हजार ८०० बढी व्यक्तिलाई २ लाख रुपैयाँको दरले रकम बाँड्न लागेको बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  २ : ४४ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज