२ चैत्र २०८२, सोमबार | March 16, 2026

अयोग्य लडाकुलाई रकम बाँडिए सैह्य नहुने एमालेको चेतावनी

माओवादीलाई प्रश्न : लडाकुका नाममा लिएको ९५ करोड कहाँ गयो ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले लडाकुको नाममा लिएको ९५ करोड रुपैयाँबारे माओवादी नेतृत्वसँग जिज्ञासा राखेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले अहिले प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयको विरोध गर्दै सो काम अघि बढाए सैह्य नहुने चेतावनी दिएका छन् । गिरीले सेना

समायोजनताका लडाकुको नाममा माओवादी नेतृत्वले लिएका ९५ करोड रुपैयाँ कहाँ गएको भन्दै प्रश्न गरेका हुन् । अन्मिनले अयोग्य प्रमाणीकरण गरेका लडाकुहरुलाई अहिले दुई दुई २/२ लाख रुपैयाँ बाड्ने निर्णय तत्काल खारेज गर्नुपर्ने माग उनले गरे । उनले अनमिनले पुनः प्रमाणीकरण गर्दा एकीन नभएका २ हजार ४५१ जना लडाकुको नामा ९५ करोड रुपैयाँ माओवादी नेतृत्वले लगेको बताए । उनले सो रकम कहाँ गएको प्रश्न गरे समेत गरे ।

शान्ति प्रक्रिया पूरा गर्न ध्यान नदिएर राज्य कोषबाट दोहन गर्ने काम स्वीकार्य नहुने चेतावनी दिँदै प्रमुख सचेतक गिरीले आर्थिक संकटमा रहेका बेला सरकारले ४ हजार ८०० बढी व्यक्तिलाई २ लाख रुपैयाँको दरले रकम बाँड्न लागेको बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  २ : ४४ बजे

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि