१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

बुद्धजयन्तीको तयारी तीव्र



लुम्बिनी । २५६७औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस भव्यरूपमा मनाउन तयारी सुरु गरिएको छ । लुम्बिनी विकास कोषले वैशाख २२ गते बुद्धजयन्ती तथा लुम्बिनी दिवसलाई सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेर तयारी गरेको हो ।

विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयको संयोजकत्वमा पाँच सय ६७ सदस्यीय बुद्धजयन्ती व्यवस्थापन समिति गठन गरिएको छ ।

कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा र स्वयंसेवक उपसमिति गठन गरिएको छ । योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा मञ्च, सरसफाइ व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

बुद्धजयन्तीलाई विशेष उत्सवका रूपमा मनाउनका लागि लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकालाई दीपावली गर्न आग्रह गरिएको छ । वैशाख २२ गते बिहान पूजा र ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको सदस्य सचिव सानुराजा शाक्यले बताए ।

त्यस्तै पुरस्कार तथा सम्मान व्यवस्थापन उपसमिति, पूजा परित्राण उपसमिति, बिहार गुम्बा समन्वय उपसमिति, देवदह, रामग्राम, कपिलवस्तु समन्वय उपसमिति, सुरक्षा, छात्रवृत्ति, खेलकुद, यातायात, भोजन तथा प्रसाद, शोभा यात्रा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहित सांसदको उपस्थिति रहनेछ । नेपालस्थित विभिन्न देशका राजदूतलाई पनि कार्यक्रममा निमन्त्रणा गरिएको छ ।

गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रूपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा बुद्धको जन्म भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १० : ३३ बजे

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा