१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बुद्धजयन्तीको तयारी तीव्र



लुम्बिनी । २५६७औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस भव्यरूपमा मनाउन तयारी सुरु गरिएको छ । लुम्बिनी विकास कोषले वैशाख २२ गते बुद्धजयन्ती तथा लुम्बिनी दिवसलाई सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेर तयारी गरेको हो ।

विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयको संयोजकत्वमा पाँच सय ६७ सदस्यीय बुद्धजयन्ती व्यवस्थापन समिति गठन गरिएको छ ।

कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा र स्वयंसेवक उपसमिति गठन गरिएको छ । योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा मञ्च, सरसफाइ व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

बुद्धजयन्तीलाई विशेष उत्सवका रूपमा मनाउनका लागि लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकालाई दीपावली गर्न आग्रह गरिएको छ । वैशाख २२ गते बिहान पूजा र ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको सदस्य सचिव सानुराजा शाक्यले बताए ।

त्यस्तै पुरस्कार तथा सम्मान व्यवस्थापन उपसमिति, पूजा परित्राण उपसमिति, बिहार गुम्बा समन्वय उपसमिति, देवदह, रामग्राम, कपिलवस्तु समन्वय उपसमिति, सुरक्षा, छात्रवृत्ति, खेलकुद, यातायात, भोजन तथा प्रसाद, शोभा यात्रा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहित सांसदको उपस्थिति रहनेछ । नेपालस्थित विभिन्न देशका राजदूतलाई पनि कार्यक्रममा निमन्त्रणा गरिएको छ ।

गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रूपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा बुद्धको जन्म भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १० : ३३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले