२१ बैशाख २०८३, सोमबार | May 4, 2026

अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय : मन्त्री शर्मा



दाङ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छिन् ।

नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागको स्पष्ट पारिन ।

यस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा पहिले नै हातहातमा पुस्तक पुगेको उल्लेख गर्दै यो एतिहासिक काम भएको बताइन । विगतमा परीक्षा हुँदाका बेलासम्म पनि पुस्तक नपुगेको र यस पटक भने समयमै पाठ्यपुस्तक पुग्नु सरकारको ठूलो उपलब्धि भएको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा मन्त्री शर्माले दाङमा विमानस्थलका नाममा राजनीति नगर्न आग्रह गरिन । “यसो गर्दा विमानस्थल विस्तारमा असर गर्छ”, उनले भनिन– “पहिलो प्राथमिकता भनेको तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थललाई नै प्रभावकारी बनाउने हो । त्यहाँ प्राविधिक समस्या भए मात्र दाङको जुनसुकै ठाउँमा भए पनि प्रभावकारी विमानस्थल हुनुपर्छ ।”

जिल्लाका धेरै ठाउँमा अझै पनि टेलिकम टावर नहुँदा फोन सेवाको पहुँच पुग्न नसकेको मन्त्री शर्माले बताइन । धेरै ठाउँमा टावर निर्माणको प्रक्रिया अघि बढेको उनले जानकारी दिइन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु भएको भन्दै अबको केही समयमा स्नातक तहका शैक्षिक कार्यक्रम सुरु गर्ने तयारी रहेको उनले बताइन ।

सो अवसरमा चारवटै पालिकाका माओवादी केन्द्रका अध्यक्षले विकास निर्माणको अवस्थाका बारेमा मन्त्री शर्मालाई जानकारी दिएका थिए । बबई गाउँपालिकाका अध्यक्ष एकलाल घर्ती, दङ्गीशरणका अध्यक्ष मनिराम चौधरी, तुलसीपुरका अध्यक्ष खुसीराम चौधरीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १० : ०७ बजे

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा