१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशन बुटवलमा सुरु



बुटवल । बुटवलमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशन सुरु भएको छ । बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा महाधिवेशन सुरु भएको हो ।

महाधिवेशनको एक कार्यक्रमका बीच राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले सत्ताको दौडमा लाग्ने नेताहरूलाई गीत संगीतबाट व्यङग्य गर्नुपर्ने अवस्था आएको बताए । भजन चुडकाले कुर्चीको दौडमा लाग्नेलाई व्यङग्य हान्न आग्रह गरे । कामको लागि भनसुन गर्नुपर्ने, नेताकोमा धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउंदै अध्यक्ष तिमिल्सिनाले देशमा भ्रष्टचार अन्त्य कुर्चीको लागि हानथाप गर्ने मन्त्री खान विचार बेच्नेलाई गीतबाट प्रहार गर्न आग्रह गरे ।

भाषा कला र संस्कृति हाम्रा पहिचान रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले शुसासन विकासको पक्षको लागि गीत संगीतबाट नेतालाई प्रहार आवश्यक रहेको औंलाए । साथै उनले कलाकारितालाई रोजगारसँग जोड्न आवश्यक रहेको भन्दै उनले गीत÷संगीतमा लाग्ने हरुलाई सोही क्षेत्रबाट आत्मनिर्भर हुने गरी जोडिए मात्र कलाकारिता टिक्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, एमाले पोलिटव्यूरो सदस्य खिमलाल भट्टराई लगाएतले बोलेका थिए ।

अधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक गरी पाँच सय जनाको सहभागिता रहेको छ । प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवं महाधिवेशन आयोजक समितिका संयोजक नारायण खनाल लेकालीले अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताए । महाधिवेशनको बन्द सत्र भने बुटवल १२ नयाँगाउँस्थित मुक्तिनाथ धाममा हुने उनले बताए ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रजापती पराजुलीले नेपालीको संस्कार, संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने लोक भजन तथा चुड्काहरूको संरक्षण र प्रवद्र्धनका लागि राज्यले कुनैपनि कार्य गर्न नसकेको बताए ।

धर्म, संस्कार र परम्परालाई बचाउन र संस्कृति संरक्षणका लागि प्रतिष्ठानले आवाज उठाउँदै आएको पराजुलीले बताए । नेपालको पुरानो र मौलिक संस्कृतिको रुपमा रहेको भजन तथा चुड्काहरूको संरक्षण गर्दै नयां पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले २०६७ सालमा प्रतिष्ठानको स्थापना गरिएको थियो । प्रतिष्ठानमा हाल ५१६ जना आजिवन सदस्य छन भने ४ सय साधारण सदस्य रहेका छन ।

 

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ३ : ०४ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,