२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

प्रथम बुटवल मेयर कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिता बैशाख १८ गतेबाट शुरु, बुटवल टिमको जर्सी सार्वजनिक



बुटवल । बुटवलमा पहिलोपटक प्रथम बुटवल मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० हुने भएको छ । बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा पहिलो पटक प्रथम बुटवल मेयर कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० हुने भएको हो ।

पालिकास्तरका युवा क्रिकेट खेलाडीहरुलाई प्लेटफर्म दिने उद्देश्यका साथ बैशाख १८ गतेबाट शुरु हुने प्रतियोगिताको तयारी पूरा भएको बुटवल क्रिकेट विकास समितिको अध्यक्ष अमित श्रेष्ठले जानकारी दिए ।

यसैबिच समितिका वरिष्ठ उपाध्यक्ष रोमित बज्राचार्य र उपाध्यक्ष अनिल सेन्चुरीले बुटवल टिमको जर्सी सार्वजनिक गर्दै टिम क्याप्टेन भुवन पाण्डेलाई हस्तान्तरण गरेका छन ।

नरेश्वर क्रिकेट मैदानमा दैनिक २ खेल टि-ट्वान्टी फरमेटमा हुने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगितामा बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर, लुम्बिनी सास्कृतिक नगरपालिका गरी ६ टिम प्रतियोगिताको उपाधि भिडन्त गर्ने भएका छन ।

४ दिनसम्म चल्ने प्रतियोगितामा ६ लाख ५० हजार खर्च हुने अनुमान रहेको छ । प्रतियोगिता आयोजना गर्न बुटवल उपमहानगरपालिकाले ५ लाख बजेट विनियोजन गरिको छ । प्रतियोगितामा टिम दर्ता निशुल्क गरिएको छ ।

समितिबाट उजरसिंह ट्रफि समेत खेलाईदै आएको र यसपटक विजेता वेष्ट्रन क्रिकेट एकेडेमी रहेकाले यसलाई नै बुटवल टिमको खेलाडीहरु छनौटको जिम्मा दिईएको उनले बताए । म्याटमा खेलाईने खेल लिग कप नकआउट आधारमा हुने छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने समितिका सचिव पुनित पोखरेलले बताए ।

यसैगरि उपविजेता टिमले नगद २५ हजार रुपैया, मेडल, प्रमाणपत्र, म्यान अफ द सिरिजलाई नगद ५ हजार रुपैया, उत्कृष्ट बलर, ब्याट्सम्यानलाई नगद २ हजार ५ सय रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगिताको उद्घाटन खेल आयोजक बुटवल र सैनामैनाका बिचमा हुने छ । फाईनल खेल २२ गते हुनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ३ : ३१ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री