१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

लगानीकर्ताहरूले अर्थमन्त्रीलाई बुझाए ६ बुँदे मागसहित ज्ञापनपत्र



काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।   लगानीकर्ताहरुले अर्थमन्त्री डा. महतसँग भेट गरी पुँजी बजार सुधारका लागि विभिन्न मागहरु प्रस्तुत गरेका हुन् ।

उनीहरुले खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न माग गरेका छन् । सोमबार नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुको टोलीले अर्थमन्त्रीलाई भेटेका हुन् ।

यस्तै, लगानीकर्ताले सेयर धितो कर्जामा कायम रहेको १२ करोड रुपैयाँको सीमा खारेज र १५० प्रतिशत पुर्याइएको जोखिम भारित औसतलाइ १०० प्रतिशत नै कायम गर्नुपर्ने माग राखेका छन् ।

यता, अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत मात्र पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने माग पनि रहेको छ । साथै, बैंक ब्याजदरलाई पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिन र तरलता समस्याको समाधान गर्ने व्यवस्था तत्काल मिलाइदिन पनि लगानीकर्ताहरुले अर्थमन्त्री डा. महतसँग अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १२ : ३६ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल