१३ माघ २०८२, मंगलबार | January 28, 2026

लगानीकर्ताहरूले अर्थमन्त्रीलाई बुझाए ६ बुँदे मागसहित ज्ञापनपत्र



काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।   लगानीकर्ताहरुले अर्थमन्त्री डा. महतसँग भेट गरी पुँजी बजार सुधारका लागि विभिन्न मागहरु प्रस्तुत गरेका हुन् ।

उनीहरुले खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न माग गरेका छन् । सोमबार नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुको टोलीले अर्थमन्त्रीलाई भेटेका हुन् ।

यस्तै, लगानीकर्ताले सेयर धितो कर्जामा कायम रहेको १२ करोड रुपैयाँको सीमा खारेज र १५० प्रतिशत पुर्याइएको जोखिम भारित औसतलाइ १०० प्रतिशत नै कायम गर्नुपर्ने माग राखेका छन् ।

यता, अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत मात्र पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने माग पनि रहेको छ । साथै, बैंक ब्याजदरलाई पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिन र तरलता समस्याको समाधान गर्ने व्यवस्था तत्काल मिलाइदिन पनि लगानीकर्ताहरुले अर्थमन्त्री डा. महतसँग अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १२ : ३६ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य