९ मंसिर २०८३, बुधबार | November 25, 2026

विद्युत प्राधिकरणले पायो अत्याधुनिक प्रविधियुक्त ट्रान्सफर्मर



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अत्याधुनिक प्रविधियुक्त तथा वातावरण मैत्री विद्युत् वितरण ट्रान्सफर्मर पाएको छ । नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्राली ले ५०० केभिए क्षमताको ट्रान्सफर्मर प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएको छ ।

करिब ३२ लाख रुपैयाँ मूल्य रहेको ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालय परिसरमा जडान गरिएको छ । प्रधान कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत ट्रान्सफर्मरमा जडान गरिएको छ । कम्पनीका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ट्रान्सफर्मर हस्तान्तरण गरे ।

जर्मनीको एमआर कम्पनीको ‘भ्याकुम अनलोड ट्याप चेन्जर’ प्रविधि र अमेरिकी कम्पनी कार–गिलद्वारा उत्पादित वनस्पति तेलको प्रयोग गरी निर्माण गरिएको ट्रान्सफर्मर वातावरणमैत्री रहेको छ ।

प्राकृतिक तेलको प्रयोग भएकाले चिस्याउने क्षमता बढी हुँदा ट्रान्सफर्मरमा आगलागी हुने सम्भावना ज्यादै न्यून रहेको र स्वचालित रुपमा भोल्टेज नियन्त्रण तथा सन्तुलन कायम हुने प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

प्राधिकरण र कम्पनीबीच ट्रान्सफर्मर उत्पादन र जडानका लागि गत भदौमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यस्ता ट्रान्सफर्मरबाट विद्युत आपूर्तिका क्रममा भइरहने विभिन्न खालका दुर्घटना रोक्न सकिने र एउटै पोलमा समेत जडान गर्न मिल्ने छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १२ : ५६ बजे

Your email address will not be published.

मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात

लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन मन्त्री बादीको आह्वान

लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन मन्त्री बादीको आह्वानकाठमाडौ ।

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र

व्यावसायिक खेतीबाट आत्मनिर्भर बन्दै कञ्चनपुरका किसान

कञ्चनपुर ।अन्नबालीखेतीको तुलनामा सागसब्जीबाट बढी आम्दानी हुन थालेपछि यहाँका किसान

लैङ्गिक हिंसा अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक छ मुख्यमन्त्री आचार्य

दाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यका लागि