काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य आज फेरि घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार पाँच सय रुपैयाँले घटेर दुई लाख ४१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले घटेको छ। मंगलबार तीन हजार १४५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर तीन हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
















प्रतिक्रिया