१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

गौतमबुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनलाई खुल्ला



लुम्बिनी । लुम्बिनीमा सोमबारदेखि भगवान गौतमबुद्धको अस्थिधातु सर्वसाधारणले दर्शन गर्न पाउने गरी खुल्ला गरिएको छ । यसअघि बुद्धजयन्तीका दिन मात्र दर्शनका लागि खुल्ला गरिने बुद्धका अस्थिधातु अब सधैँ दर्शन गर्न सकिने व्यवस्था गरिएको छ ।

अन्तर्राष्ट्रिय बौद्ध समाजको आयोजनामा धर्मोदयसभा परिसरमा रहेको नवमैत्री महावीर बिहारको प्राङ्गणमा सर्वज्ञ धातु स्तूपा निर्माण गरी अस्थिधातु राखिएको छ ।

सर्वज्ञ धातु स्तूपा जेडरल रिम्पोछेको पूण्य स्मृतिमा राप्तेन साङ्गे लामाले निर्माण गर्नुभएको हो । सो स्तूपामा रहेको अस्थिधातु सर्वसाधारणले बिहानको ८ बजेदेखि साँझ ५ बजेसम्म दर्शन गर्न सकिने अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महस्थवीरले बताए। “नेपालमा आनन्दकुटिमा मात्र यसरी अस्थिधातु राखिएको मलाई जानकारी छ, त्यहाँ बुद्धपूर्णिमाको दिन दर्शनको लागि खुल्ला गरिन्छ”, उनले भने “हामीले लुम्बिनीमा पनि बुद्धजयन्तीकै अवसर पारेर मायादेवी प्राङ्गणमा दर्शन गर्न खोलेका थियौँ, अहिले सधैँका लागि खोलेका हौं ।”

बुद्ध धर्ममा अस्थिधातुको निकै महत्व रहेको छ । भिक्षु मैत्रीका अनुसार भगवान बुद्धको महापरिनिर्वाणपछि अङ्ग, मगध, शाक्य, कोलिय, कोशल, बैशाली, पावा, कुशीनगर गरी तत्कालीन आठ राज्यबीच अस्थि बाँडफाँडबारे ठूलो विवाद भएको थियो ।

त्यति समयका द्रोण भन्ने ब्राम्हणले विवाद मिलाउँदै आठ राज्यलाई र अन्य दुई गरी १० स्थानमा धातु चैत्य स्थापना गरी अस्थि राखिएको थियो । अस्थि विभिन्न ठाउँमा छरिएर रहँदा संरक्षण नहुने ठानी त्यस वेलाका प्रभावशाली भिक्षु महाकश्यप महास्थवीरको पहलमा राजा अजातशत्रुको समयमा ती स्तूपमा केही बाँकी राखी मगधमा ल्याइएको महावंशमा उल्लेख भएको मैत्री भिक्षुले बताए ।

पछि ८४ हजार स्तूपा बनाउने अभियानका क्रममा सम्राट अशोक भिक्षु महाकश्यपले बाँकी छाडेका अस्थिधातु (रामग्राम र कपिलवस्तु बाहेक) सङ्कलन गरी सुरक्षित स्थानमा राखेका थिए । हाल श्रीलङ्कामा रहेको उक्त स्थानबाट विभिन्न समयमा नेपाललाई प्रदान गरिएकामध्ये दुई थान र धम्मकाय फाउण्डेशनबाटसमेत गरी करिब आठ थान अस्थिधातु दर्शनका लागि खुल्ला गरिएको अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महस्थवीरले बताए ।

यी धातुलाई विशेष सुरक्षासहित सुनको फूल बनाइ दर्शनको लागि राखिएको छ । भगवान गौतमबुद्धसँग प्रत्यक्ष सम्बन्ध राख्ने अस्थिधातु दर्शन गर्न पहिलो दिन नै पर्यटक आइपुगेका छन् । लुम्बिनी भ्रमणमै रहनुभएका भारत महाराष्ट्रका बौद्धगुरु बुद्धरत्नले बुद्ध रुप रहेको अस्थिधातु दर्शनले आफु कृतज्ञ भएको बताए ।

अस्थिधातु हुनु भनेको बुद्ध जन्मेको प्रमाण हुनुभएको उनको भनाइ छ । “अस्थिधातुकै लागि बौद्ध अनुयायी अन्य देशमा जानुपरेको हुन्छ”, उनले भने “लुम्बिनी आएको समयमा अस्थिधातुको दर्शन गर्न पाइयो, यो मेरो अहोभाग्य हो ।” यही वैशाख २२ गते २५६७ औँ बुद्धजयन्ती परेको छ । लुम्बिनीमा यसको तयारी तीव्र पारिएको छ । बुद्धजयन्तीको दिन दर्शनार्थीलाई दर्शन गर्न सहज होस भन्ने उद्देश्यसहित पाँच दिन अगावै बुद्ध अस्थिधातु दर्शनको लागि खुल्ला गरिएको हो । -रासस

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १ : ०० बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो