२ श्रावण २०८३, शनिबार | July 18, 2026

३ दिन विशेष कार्यक्रम गर्दै बुद्ध जयन्ती मनाइँदै, विशेष समारोहलाई प्रधानमन्त्रीबाट सम्बोधन हुने



बुटवल । २५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पुरा भएको छ । लुम्बिनी विकास कोषले आज लुम्बिनी पत्रकार सम्मेलन गरेर बुद्ध जयन्तीको तयारी पुरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिका अनुसार कोषले ३ दिन सम्म भब्यरुपमा बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मनाउने उल्लेख गरिएको छ । बैशाख २२ गते अर्थात बुद्ध पुर्णिमाका दिन आयोजना हुने मूल समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रम तय भएको छ ।

निर्धारित कार्यक्रम अनुसार २१ गते साँझ मायादेबी मन्दिरमा दिप प्रज्वलन सहित महापरित्राण हुने छ भने बैशाख २२ गते बिहान ६ बजे पुर्णिमा पाठ पुजा, ७ बजे ५ नम्बर गेटबाट अन्तरराष्ट्रिय सभाहल सम्म शोभा यात्रा र सम्मेलन केन्द्रमा मुल समारोह हुने विज्ञप्तिमा जनाइएको छ । मुल समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् । २२ गते मध्यान्ह कोषको तर्फबाट भोजन दानको कार्यक्रम समेत राखिएको छ ।

त्यसैगरि समारोह समापन लगत्तै सांस्कृतिक कार्यक्रम, सांस्कृतिक संस्थानबाट बुद्ध जीवनीमा आधारित पटाचार तथा स्थानीय भेषभुषामा साँसकृतिक कार्यक्रम हुने कोषले जनाएको छ । बैशाख २२ गते नै पण्डितपुरबाट रामग्राम सम्म अस्थिधातु यात्रा समेत हुने कोषको सदस्य सचिव सानुराजा शाक्यले बताए । २१ गतेको दिप प्रज्वलन र पाठमा लुम्बिनी विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेतृत्व गर्नेछन् भने २२ गतेको अस्थिधातु यात्राको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपालीले गर्ने कार्यक्रम तय भएको शाक्यले बताए ।

शाक्यका अनुसार २३ गते तिलौराकोटमा हुने मायादेबी शोभायात्राको नेतृत्व कृषि तथा पशुपंछी विकास मन्त्री बेदुराम भुसालले गर्नेछन् । बोधिसत्व सिद्धार्थलाई तिललौराकोट भित्राउँदै गरेको प्रतिक स्वरुप मायादेबी शोभायात्र गरिने सदस्य सचिव शाक्यले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचार प्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले यस वर्षको बुद्ध पूर्णिमाको दिनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषले विशेष समारोहका साथ मनाउन मूल आयोजक समिति, त्यस अन्तर्गत मूल ब्यवस्थापन समिति र विभिन्न उप–समितिहरु गठन गरी तयारी गरेको जानकारी दिए ।

उनले समारोहमा सहभागी हुन विभिन्न देशका राजदूतहरुलाई आमन्त्रण गरिएको जनाउँदै भोली सम्ममा कार्यक्रममा सहभागी हुने राष्ट्रका राजदूतहरुको नाम आउने बताए । उनले बुद्ध पुर्णिमाकै दिनबाट लुम्बिनी परिषर भित्र हर्न निषेध योजना कार्यान्वयन गरिने बताउँदै लुम्बिनी परिषर प्रवेश पछि सबै सवारीले हर्न बजाउन नपाउने गरि निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : ३७ बजे

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२/८३