२ चैत्र २०८२, सोमबार | March 17, 2026

सचिव पाण्डेलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौ‌। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

ठगी गरेको आरोपमा प्रहरीले बुधबार दिउँसो पक्राउ गरी अनुसन्धानका लागि १० दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंसँग अनुमति मागेको थियो ।

पाण्डे तत्कालीन गृहसचिव हुँदा यो प्रकरणमा सामेल भएको आरोप लागेको छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले आजै यही ठगी आरोपमा एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा र इन्द्रजित राईका छोरा निरज राई विरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको छ ।

काठमाडौंमा पक्राउ पूर्जी जारी भएपनि एमाले सचिव रायमाझी आज दिउँसो अर्घाखाँचीको एक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै सहभागी भएका छन् ।

 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ४ : ४० बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित