२ पुस २०८२, बुधबार | December 17, 2025

सचिव पाण्डेलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौ‌। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

ठगी गरेको आरोपमा प्रहरीले बुधबार दिउँसो पक्राउ गरी अनुसन्धानका लागि १० दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंसँग अनुमति मागेको थियो ।

पाण्डे तत्कालीन गृहसचिव हुँदा यो प्रकरणमा सामेल भएको आरोप लागेको छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले आजै यही ठगी आरोपमा एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा र इन्द्रजित राईका छोरा निरज राई विरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको छ ।

काठमाडौंमा पक्राउ पूर्जी जारी भएपनि एमाले सचिव रायमाझी आज दिउँसो अर्घाखाँचीको एक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै सहभागी भएका छन् ।

 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ४ : ४० बजे

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व