२ चैत्र २०८२, सोमबार | March 17, 2026

एमाले सचिव टोपबहादुर रायमाझीका छोरा संदीप बुटवलबाट पक्राउ



बुटवल । नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा संदीप रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई बुटवलबाट पक्राउ गरेको जनाएको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा आजै जिल्ला अदालत काठमाडौंबाट संदीपका पिता टोपबहादुर रायमाझी सहित उनको नाममा पक्राउ पुर्जी जारी भएकोमा आज साँझ बुटवलबाट संदीप पक्राउ परेका हुन् ।

संदीपलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले पुष्टी गरे । जिल्ला प्रहरी कार्यालय काठमाडोंको आग्रहमा संदीपलाई बुटवलबाट पक्राउ गरिएको उनले बताए ।

मेरो संलग्नता छैन : टोपबहादुर रायमाझी

सांसद टोपबहादुर रायमाझीले आजै नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । रायमाझीलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् ।

अर्घाखाँचीको सन्धिखर्कमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै रायमाझीले भने “फसाउन खोजिएको हो कि के हो ? हामीले जान्ने कुरा भएन । यसमा हाम्रो संलग्नता छैन ।” उनले आफूले भूटानी शरणार्थीको दीर्घकालीन समस्या समाधानका लागि पहल गरेको बताए ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा सांसद रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले तत्कालीन ऊर्जामन्त्रीसमेत रहेका रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । रायमाझी गत मङ्सिरमा सम्पन्न निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : १० बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित