२१ बैशाख २०८३, सोमबार | May 4, 2026

जेनजी आन्दोलनमा भागेका पूर्वमन्त्री टोपबहादुर रायमाझी सुन्धरा कारागार फर्किए



काठमाडौं । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट फरार भएका पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी सोमबार साँझ सुन्धरा कारागार फर्किएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी आफैँ कारागार पुगेको सुन्धरा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिए ।

उनका अनुसार सोही प्रकरणमा कारागारमा रहेका पूर्वगृह सचिव टेकनारायण पाण्डे भने अहिलेसम्म नफर्किएको र उनीसहित अन्य कैदीबन्दीलाई खोज्ने कार्य जारी रहेको बताए । कतिपयले आफैं फर्किने जानकारी पनि कारागार प्रशासनलाई गराएका छन् ।

यसैबीच, सुन काण्ड र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) पनि सोही दिन कारागार फर्किएको कारागार प्रमुख चापागाईंले जनाए ।

सेन्ट्रल जेल प्रशासनका अनुसार भागेका ३३ सय कैदीबन्दीमध्ये करिब एक हजारले मात्र फर्केका छन् भने करिब सयजना विभिन्न जिल्लास्थित कारागारमा पुगेका छन् । बाँकी कैदीबन्दीको खोजी कार्य निरन्तर जारी रहेको प्रशासक कृष्णप्रसाद चापागाईंले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ३ : २४ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र