२३ चैत्र २०८२, सोमबार | April 6, 2026

ब्रिटिश प्रोफेशनल कलेज प्रतिष्ठित ‘प्लेटिनम एप्प्रुड लर्निङ पार्टनर (एएलपी)’ अवार्डबाट सम्मानित



काठमाडौँ । ब्रिटिश प्रोफेशनल कलेजले प्रतिष्ठित ‘प्लेटिनम एप्प्रुड लर्निङ पार्टनर (एएलपी)’ अवार्ड प्राप्त गर्न सफल भएको छ । एसीसीए अध्यापन गराउने संस्थाहरुलाई प्रदान गरिने यो प्लेटिनम अवार्ड सबैभन्दा उच्च र प्रतिष्ठित अवार्ड हो ।

विश्वभर यो अवार्ड प्राप्त गर्ने केहीमात्र कलेजहरु रहेका छन् जसमा ब्रिटिस प्रोफेसनल कलेज पनि सामेल भएको छ । यो अवार्ड कलेजका लागि कोसेढुंगा सावित हुने कलेजले बताएको छ ।

द एसोसियसन अफ चार्टटण्ड सर्टिफाइड एकाउन्टेन्स (एसिसिए) व्यवसायिक एकाउन्टेन्सहरुको विश्वको अग्रणी निकाय हो जसले एकाउन्टिङ र फाइनान्स योग्यता प्रदान गर्नमा उत्कृष्ट ट्रयाक रेकर्ड राखेको छ । उच्च गुणस्तरको शिक्षा लगायत एसिसिए विद्यार्थीहरुलाई प्रदान गर्ने साथ र सहयोगलाई मध्यनजर गर्दै त्यस्ता संस्थाहरुलाई एएलपी अवार्ड प्रदान गरिन्छ ।

बीपीसीका एसीसीए प्रोग्राम म्यानेजर दीपेन्द्र के श्रेष्ठले प्रतिष्ठित अवार्डबाट सम्मानित भएकोबारे भने, “यो बीपीसीको शैक्षिक गुणस्तर र विद्यार्थीहरुले प्राप्त गरेको सफलताको नतिजा हो । यो अवार्ड प्राप्त गर्नुले के देखाउँछ भने, हामी उनीहरूले दिएको लक्ष्य र आवश्यकता पुर्ति गर्न निरन्तर सफल रहेका छौँ । अझै सुधार र उत्कृष्टता प्रदर्शन गर्न प्रतिबद्धता व्यक्त गर्छु ।”

यो प्रक्रियाले पनि विद्यार्थी उत्तीर्ण दर राम्रो रहेको पुष्टि गर्छ । यसले विद्यार्थीहरूको नतिजा विश्वव्यापी औसतभन्दा धेरै उत्कृष्ट रहेको सहजै अनुमान लगाउन सकिन्छ । विगत एक दशकमा मात्रै एसिसिए संकायले विद्यार्थीहरुलाई धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गर्न मद्दत गरेको छ । यस संस्थामा अध्ययनरत विद्यार्थी तीन पटकसम्म विश्वमै पहिलो स्थान हासिल गर्न सफल भएका थिए ।

द ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले भने, “व्यवसायिक एकाउन्टेन्ट बन्न चाहने विद्यार्थीहरुकालागि बीपीसी एक भरपर्दो संस्था साबित गराउन योे अवार्डले ठूलो.भूमिका खेल्नेछ । हामी हाम्रा सबै विद्यार्थी, कर्मचारी तथा संकाय सदस्यहरूलाई उनीहरूको कडा परिश्रम र समर्पणका लागि धन्यवाद दिन चाहन्छौँ ं। यो उपलब्धि हाम्रो लागि कोसेढुंंगा रहेको बताएका छन् ।”

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ६ : ५० बजे

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक