२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बुटवलका प्रमुख र प्रहरी प्रमुखबीच भेटवार्ता, नागरिक सुरक्षाबारे छलफल



बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र प्रहरी महानीरिक्षक वसन्त बहादुर कुँवरका बीचमा भेटवार्ता भएको छ ।

बुटवल उपमहानगरपालिकाको कार्यालयमा बिहीबार भएको भेटवार्तामा बुटवल क्षेत्रको सुरक्षा व्यवस्था, रात्रीकालीन बजार सञ्चालन, अपराध न्यूनीकरणलगायतका विषयमा छलफल भएको छ ।

भेटवार्ताका क्रममा नगर प्रमुख पाण्डेयले मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना, रात्रीकालीन बजार सञ्चालनमा समन्वय र प्रहरी पोष्ट स्थापना, अपराध न्यूनीकरणमा तदारुकता देखाउनका लागि प्रहरी प्रमुख कुँवरलाई आग्रह गरेका छन् । उनले बुटवल क्षेत्रमा लागूपदार्थ दुव्र्यसन, अपराधका घटना न्यूनीकरणमा प्रहरी संगठनले थप सक्रियता देखाउन जरुरी रहेको बताए ।

नगर प्रमुख पाण्डेयले बुटवलको अमरपथ, कालिकापथमा रात्रीकालीन बजार सञ्चालनका क्रममा सुरक्षा व्यवस्थापनजस्ता विषयमा प्रहरी संगठनले स्थानीय सरकारसँग समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

भेटका क्रममा प्रहरी महानीरिक्षक वसन्त बहादुर कुँवरले औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना गर्ने विश्वास दिलाए । उनले रात्रीकालीन बजार सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने र बुटवललाई अपराधमुक्त र शान्तिपूर्ण शहर बनाउनका लागि प्रहरी संगठनले सहयोग गर्ने बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ९ : ४१ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन