२ पुस २०८२, बुधबार | December 17, 2025

मानव सेवाका कामलाई निरन्तरता दिन सरकारको साथ रहन्छ : उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहयोगापेक्षी सडक आश्रित मानवलाई अभिभावकत्व प्रदान गर्ने र आश्रय दिने मानव सेवाको अभियानलाई सफल पार्न सरकरका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँको नागार्जुन नगरपालिका–१ स्थित मानव सेवा आश्रमको अवलोकन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवाका कामलाई निरन्तरताका साथ अगाडि बढाउन सरकारका तर्फबाट साथ रहने प्रतिबद्धता व्यक्त गरे । उनले आश्रमलाई जीवित राख्न, सञ्चालनमा ल्याइराख्न र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने प्रक्रियालाई अगाडि बढाउन सरकारले सम्पूर्ण प्रयत्न गर्ने विश्वास दिलाएका छन् ।

“जसरी तपाईँहरूले काम व्यवहारद्वारा आफूलाई नयाँ खालको नागरिकको पहिचान बनाउनुभएको छ, कामद्वारा मानव सेवाको उद्देश्यलाई सफल पार्न सहयोग पु¥याउन चाहन्छु”, उनले भने ।

मानव सेवा आश्रमलाई सरकारबाट हुनसक्ने सहयोगका लागि आजै आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए । प्रधानमन्त्री स्वयंबाट पनि देशमा भइरहेका राम्रा कामलाई आत्मसात् गरेर जाने अभियानका साथ अगाडि बढाइएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीमा पनि राम्रा कामलाई सरकारले पनि सहयोग गर्नुपर्छ भन्ने दृष्टिकोण रहेको बताए ।

“नेपालमा पनि यस्ता संस्था छन्, जो सम्पूर्णरूपले मानव सेवामा समर्पित भएको देख्न पाउँदा गौरव महसुस गरेको छु”, उनले भने । आफ्नो जीवनमा एउटा मात्र उद्देश्य मानव सेवा बनाएर अगाडि बढ्न उपभोक्तावादले ग्रस्त आजको समाजमा सजिलो काम नभएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा निकै महान काम भएको बताए ।

वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले असहाय नागरिकका लागि राज्यले निर्वाह गर्नुपर्ने दायत्वि मानव सेवा आश्रमले पूरा गरिरहेको बताए । “नागरिकका लागि राज्यले गर्नुपर्ने काममा मानव सेवा आश्रमले सहयोगी भूमिका निर्वाह गरिरहेको छ”, उनले भने ।

विसं २०८२ भित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल निर्माण गर्ने उद्देश्यका साथ आश्रम अगाडि बढिरहेको छ । अहिले देशका विभिन्न स्थानमा रहेका मानव सेवा आश्रममा करिब एक हजार छ सय असहाय नागरिकले आश्रय लिइरहेका छन् । अझै झन्डै चार सयको सङ्ख्यामा सहयोगापेक्षी सडक आश्रित मानव रहेका अनुमान गरिएको छ ।

आश्रमका अध्यक्ष रामजी अधिकारीले कसैले पनि असहाय भएर सडकपेटी र सार्वजनिकस्थलमा बस्न नपर्ने राष्ट्र निर्माणका लागि सरकारको सहयोगी बनेर आश्रमले काम गरिरहेको बताए । सो लक्ष्य हासिल गर्न तीनै तहका सरकारबाट सहयोगको अपेक्षा गरिएको उनले बताए ।

‘मानव सेवा आश्रम’ले १९ जिल्लामा २३ आश्रम सञ्चालन गरिरहेको छ । मानव सेवाले असहायलाई आश्रय दिने मात्र होइन, अभिभावकत्व, पालन र स्याहारसुसार समेत गरिरहेको छ । आश्रम १० वर्षदेखि सञ्चालित छ । सो अवधिमा सात हजार चार सय ३६ जनालाई सेवा प्रदान गरेको बताइएको छ ।

अहिले मकवानपुर, झापा, मोरङ, सर्लाही, धनुषा, पर्सा, चितवन, काठमाडौं, ललितपुर, भक्तपुर, रुपन्देही, दाङ, बाँके, कास्की, लमजुङ, गोरखा, बागलुङ, सुर्खेत र कैलालीमा आश्रम सञ्चालनमा छन् । हालसम्म विभिन्न १३ स्थान सहयोगापेक्षी सडक आश्रित मानवमुक्त क्षेत्र घोषणा भएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  २ : १४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल