२० मंसिर २०८२, शनिबार | December 6, 2025

अमेरिकाको टेक्सासस्थित एक मलमा गोली चल्दा ९ जनाको मृत्यु, कैयौं घाइते



अमेरिकाको टेक्सासस्थित एक मलमा गोली चल्दा ८ जना सर्वसाधरण र एक बन्दुकधारीको मृत्यु भएको छ । घटनामा अन्य ७ जना घाइते भएका छन् ।

डलास नजिकैको एक आउटलेट मलमा गोलीकाण्ड भएको हो । घटनामा घाइते सात जनाको ट्रमा अस्पतालमा उपचार भइरहेको छ ।

कम्तीमा नौ जनालाई अस्पताल पठाइएको एलेन टेक्सासका फायर चीफ जोनाथन बॉयडले बताएका छन् । ती मध्ये दुई जनाको मृत्यु भइसकेको, तीन जना गम्भीर शल्यक्रियामा रहेको र चार जनाको अवस्था स्थिर रहेको बोइडले बताएका छन् ।

डलास क्षेत्रको मेडिकल समूहले ५ सम्मका पीडितहरूलाई उपचार गरिरहेको बताएको छ। एलेनका अधिकारीहरूले एलेन प्रिमियम आउटलेटहरूमा दिउँसो गोलीबारीको जवाफ दिएका थिए । जसका कारण ग्राहकहरु र कामदारहरूलाई लुक्नु परेको थियो ।

प्रहरीले दोस्रो बन्दुकधारीको पनि खोजी गरेको थियो । तर प्रहरीले अहिले गोली चलाउनेले एक्लै घटना गराएको विश्वास गरेको छ। एक एलेन अफिसरले गोली प्रहार गर्नेलाई मारेको प्रहरीले बताएको छ ।

भिडियोमा सयौं व्यक्ति पसलहरू क्षेत्रबाट बाहिर निस्केको देखिएछ । धेरैले एकअर्काका हात समातेका थिए। हवाई फुटेजमा कम्तिमा तीनवटा शव मल बाहिर कपडाले ढाकिएको देखाइएको थियो।

खसोखासबाट

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ९ : २४ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले