६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

सन्दर्भ पत्रकारिता दिवस : उपविजेताको खुसी र आमा गुमाएको त्यो दिन



बुटवल । जतिबेला बुटवलमा फुटसलको घम्साघम्सी चलिरहेको थियो, फुटसलमा सक्रिय खेलिरहेका एक जना खेलाडी पत्रकारको भने बर्दियामा आमाको मृत्यु भएर समसानघातमा लैजाने तयारी गरिँदै थियो । प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको प्रदेश स्तरिय फुटसल प्रतियोगिता चलिरहँदा बाँकेबाट खेलमा सहभागी पत्रकार भगतराम थारु भने टुहुरा बनिसकेका थिए । प्रतियोगितामा उनले आफ्नो खेल कौशलता देखाईरहँदा आफु टुहुरो भएको उनलाई पत्तै भएन ।

आमाको वियोगमा खेल खेलिरहेका पत्रकार भगतरामले खेल सकिएसँगै आमाको मृत्युको खबर पाएका थिए । खेलमा उत्कृष्ठ प्रदर्शन गरेको भन्दै साथीहरुले प्रशंसा गरिरहँदा उनलाई भने मातृवियोगको पिडा थपिएको थियो । प्रतियोगितामा पहिलो खेलमा गुल्मी विरुद्ध थारुले मात्र ४ गोल हानेका थिए ।

मातृ वियोगसँगै फुटसलको उपविजेता बन्दाको उद्देलित मनलाई पत्रकार थारु यसरी पोखेका छन् । मातृक्रियाकर्म स्थलबाट खबरकुरालाई पत्रकार थारुले पठाएको मनोकथा जस्ताको तस्तै :

लगातार जितको खुसी छदैछ । जित्दै जानू र उपाधी लग्नु पर्छ भन्ने हाम्रो टिममा थियो । बैशाख २१ गते बिहानदेखी लगातार एकपछि अर्को फुटसल गेम चालू थियो । जित्दै जाँदा मनमा उमंग त हुने नै भयो ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको प्रदेश स्तरिय फुटसल प्रतियोगितामा १२ जिल्लाका प्रेस चौतारी निकट पत्रकारहरूको बुटवलमा घम्साघम्सी फुटसल प्रतियोगिता चलिरहेको थियो । उपाधी बाँकेले लग्नुपर्छ भनेर हाम्रो टिम जुझारूका साथ प्रतिस्पर्धामा उत्रिएको थियो । उपाधिका लागि अन्तिम अर्थात फाईनल खेल दाङसंग बाँके भिड्ने पक्का भयो ।

गेम खेल्दाखेल्दै मेरो मनमा एक्कासी गरूङ्गो भारी भएजस्तो महसुस भयो । खै किन हो ? सोच्न सकिन, गेम खेल्नु नै थियो । मन नलागी नलागी प्रतियोगिता सकियो विजेता हुन नसके पनि उपविजेता भईयो । ट्रफी र पुरस्कार लिन बाँकी थियो । मनमा खुसीको सिमा थिएन । पुरस्कृत हुनुको खुसी त छदैछ, जित भएको खुसियाली खानु पनि बाँकी थियो । धानखोलामा पार्टी गर्ने कुरा पनि भयो । ट्रफि र पुरस्कार लिएर हामी होटेलमा पुग्यौं ।

गेम खेल्नु थियो त्यही भएर विहानदेखि आफुसँग मोबाईल साथमा थिएन मनमा एक किसिमको खुलदुली थियो कि कति फोन आईराहोला भनेर । मोबाइल हातमा पर्यो मोबाईलमा मिसकल आएको लाम्बद्व थियो । जति हेर्छु घरपरिवार दाजुभाउजु, छोराछोरी, दिदिबहिनीको मात्र दर्जन बढि फोन आएको रहेछ । सुरूमा बुढीलाई कलव्याक गरे । बुढिले पनि हजुरलाई कसैले केही भनेका छैनन भन्दै प्रश्न गरि । मैले सानो जवाफ फर्काएँ नाई भनेर । उनले सिधै जतिसके छिटो घर आउनु भनिन्, मनमा झन डर पैदा भयो ।

घरमा ३-४ महिनादेखी आमा विरामी हुनुहुन्थ्यो शंका लाग्यो कतै आमालाई त केही भएन भनेर । संगै भएका साथीहरूलाई मेरो घरमा भएको दुखद खबर बारे जानकारी थियो तर मलाई चिन्ता लिन्छ भनेर जानकारी नगराएका रहेछन् । छिटो घर पुगाउनुपर्नेमा भने उनीहरुको सल्लाह भएको रहेछ । श्रीमतीको कुरा पछि मेरो अनुहारको चमक हरायो ।

कति छिटो घर पुग्छु भन्ने मात्र मनमा खेल्न थाले । हामी बुटवलदेखी साँझ ७ बजे सिधै बर्दियाजाने निधो गर्यों र बिहान बर्दिया पुग्यौं । घरमा रूवावासी थियो । म पुग्ने बित्तिकै आमाको अन्तिम दाहसंस्कारको लागि जोहो गर्ने कार्य सुरू भयो । शुक्रबार बिहान ८ बजे नजिकैको आफ्नै खेतमा अन्तिम दाहसंकार गरियो । आमाको मृत आत्माले शान्ति पाओस् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ४ : १९ बजे

जलवायु जोखिम : हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै

काठमाडौं । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु

प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

सभापति देउवाले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक

‘लण्डन टु पेरिस’को नयाँ गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको