९ बैशाख २०८३, बुधबार | April 22, 2026

इमरान खान पक्राउपछि पाकिस्तानमा भडकियो हिंसा, आज देशैभरी विद्यालय बन्द



इस्लामवाद । पूर्व प्रधानमन्त्री इमरान खानको पक्राउ छि भडकिएको हिंसा कारण आज पाकिस्तानमा नीजि स्कुलहरु सबै बन्द हुने भएका छन् ।

हिजो इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठाबाट सेनाले उनलाई पक्राउ गरेपछि उनका समर्थकले देशैभरी विरोधस्वरुप आगजनी तथा उग्र प्रदर्शनमा उत्रेका छन् ।

बुदाँगत रुपमा जान्नुहोस सो घटनाबारे :

हिंसाका कारण आज देशभरका निजी विद्यालय बन्द रहने छन् ।

पीटीआईले आफ्ना नेता र कार्यकर्तालाई बिहान ८ बजे इस्लामावाद न्यायिक कम्प्लेक्समा भेला हुन आग्रह गरेको छ ।

पीटीआई नेता फवाद चौधरीले इस्लामावाद हाईकोर्टको फैसलाविरुद्ध पार्टीले सर्वोच्च अदालत जाने बताएका छन् ।

पञ्जाब प्रान्तमा दुई दिनदेखि धारा १४४ लागू गरिएको छ। पेशावरमा ३० दिनका लागि धारा १४४ लगाइएको छ ।

पीटीआई नेता कासिम सुरीले क्वेटामा प्रदर्शनका क्रममा पार्टी कार्यकर्ताको मृत्यु भएको दाबी गरेका छन् ।

इस्लामावाद प्रहरीले ५ अधिकारी घाइते भएको र ४३ प्रदर्शनकारीलाई हिरासतमा लिएको जनाएको छ ।

यसैगरी,  मारन अल कादिर ट्रस्ट घोटाला प्रकरणमा उनलाई पक्राउ गरेको सेनाले जनाएको छ । पाकिस्तानको अखबार द डनका अनुसार अल कादिर ट्रस्ट घोटाला ५० अर्ब रुपैयाँभन्दा बढीको घोटला छ, जहाँ इमरान, पत्नी बुशरा बीबी र बुशराकी साथी फराह गोगीले यसको फाइदा उठाएका छन् ।

आइतबारको एक र्‍यालीमा इमरानले खुफिया एजेन्सी आईएसआईको राजनीतिक शाखाका प्रमुख फैसल नसीरमाथि निकै गम्भीर आरोप लगाए । खानले भनेका थिए- फैसल मलाई मार्न चाहन्छ । यसमा कतिपय अधिकारीहरुले उनलाई सहयोग गरिरहेका छन् ।

यसपछि मंगलबार लाहोरबाट इस्लामाबाद प्रस्थान गर्नुअघि इमरानले भने- ‘सेनाले कान खोलेर सुन्नु पर्छ, म डराएको छैन ।’ उनले यसो भनेको करिब ४ घण्टापछि इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठाबाट सिसा फुटाएर उनलाई पक्राउ गरिएको हो । सेनालाई चुनौती दिएपछि मात्रै खानको गिरफ्तारी भएको मानिन्छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ९ : ३० बजे

दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र

नेपालले रुवाण्डालाई हरायो

काठमा । आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई

प्रधानमन्त्रीले छलफलका लागि बोलाए सुरक्षा प्रमुखहरुलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री देशको सुरक्षा अवस्थाबारे छलफल

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले सम्हाल्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको