२ पुस २०८२, बुधबार | December 18, 2025

गण्डकीमा खेलकुद थप पूर्वाधारमा जोड



पोखरा । गण्डकी प्रदेश सरकारले समग्र खेलकुदको विकासका लागि नीति, कानून, संरचना र पूर्वाधार निर्माणमा जोड दिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सरकारले प्रदेशस्तरीय बहुउद्देश्यीय रङ्गशाला, क्रिकेटरङ्गशाला, गल्फकोर्स, स्की, उच्च उचाई खेलकुद तालिम केन्द्र, जिल्लास्तरीय रङ्गशाला र एक स्थानीय तह एक खेलकुद मैदान निर्माणका लागि आठ करोड ३५ लाख विनियोजन गरेको छ ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना र खेलाडीलाई प्रोत्साहन गर्न तथा समग्र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताए ।

सरकारले आ.व.२०७७/०७८ मा मुख्यमन्त्री कप फुटबल प्रतियोगितालाई निरन्तरता दिएको छ ।

राष्ट्रिय खेलकूद परिषद्बाट यहाँ आयोजना हुने नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिने खेलाडीको आवश्यक व्यवस्थापन र प्रशिक्षणका लागि एक करोड ५० लाख रुपैयाँ छुट्याइएको गुरुङले जानकारी दिए । प्रदेश सरकारको तर्फबाट विजयी खेलाडीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ११ : ५३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल