१८ आश्विन २०८३, आइतबार | October 4, 2026

गण्डकीमा खेलकुद थप पूर्वाधारमा जोड



पोखरा । गण्डकी प्रदेश सरकारले समग्र खेलकुदको विकासका लागि नीति, कानून, संरचना र पूर्वाधार निर्माणमा जोड दिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सरकारले प्रदेशस्तरीय बहुउद्देश्यीय रङ्गशाला, क्रिकेटरङ्गशाला, गल्फकोर्स, स्की, उच्च उचाई खेलकुद तालिम केन्द्र, जिल्लास्तरीय रङ्गशाला र एक स्थानीय तह एक खेलकुद मैदान निर्माणका लागि आठ करोड ३५ लाख विनियोजन गरेको छ ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना र खेलाडीलाई प्रोत्साहन गर्न तथा समग्र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताए ।

सरकारले आ.व.२०७७/०७८ मा मुख्यमन्त्री कप फुटबल प्रतियोगितालाई निरन्तरता दिएको छ ।

राष्ट्रिय खेलकूद परिषद्बाट यहाँ आयोजना हुने नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिने खेलाडीको आवश्यक व्यवस्थापन र प्रशिक्षणका लागि एक करोड ५० लाख रुपैयाँ छुट्याइएको गुरुङले जानकारी दिए । प्रदेश सरकारको तर्फबाट विजयी खेलाडीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ११ : ५३ बजे

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको इतिहास छः खड्गे

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय

कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँ : महामन्त्री गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कांग्रेसको १५औँ महाधिवेशनले

बेनी-जोमसोम-कोरला सडकको अवरोध हटाइँदै

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, शीर्ष नेताहरूको उपस्थिति

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा जारी छ

दसैँ नजिकिएसँगै काठमाडौंका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला