८ आश्विन २०८३, बिहिबार | September 24, 2026

नाम र चुनाव चिन्ह परिबर्तनको तयारीमा राप्रपा नेपाल



काठमाडौं । राप्रपा नेपालले आगामी जेष्ठ ९ र १० गते जिल्ला अध्यक्ष सहित केन्द्रीय कार्य समितीको बैठक काठमाडौंमा बोलाएको छ ।

सचिवालयको बैठकले एजेन्डाहरु समेत तय गरेको छ । पार्टी अध्यक्ष कमल थापाले बैठकमा राजनितीक कार्यपत्र प्रस्तुत गर्नेछन् भने महामन्त्रीहरु भाष्कर भद्राले सचिवालय, सुशील श्रेष्ठले प्रशिक्षण, राजाराम बर्तौलाले संगठन सम्बन्धि र केशब श्रेष्ठले स्मार्ट पार्टी निर्माण सम्बन्धि प्रतिबेदन पेश गर्नेछन् । कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिबेदन पेश गर्नेछन् भने बैठकमा प्रदेश अध्यक्षहरुले प्रदेशको प्रतिबेदन प्रस्तुत गरिने कार्यतालिका तय गरिएको छ ।

जनबर्गिय संगठन प्रमुखहरुले ६ महिने कार्ययोजना समेत बैठकमा प्रस्तुत गर्नेछन् । सचिवालयको बैठकमा संघीयताको नाममा जबर्जस्ति लादिएको प्रदेश संरचना मुलुकले धान्न नसक्ने भएकोले पार्टीले पनि प्रदेश कमिटी खारेज गर्नुपर्ने बिषय उठेको थियो । केन्द्रीय समिती बैठकमा यो बिषय पनि महत्वको साथ उठ्ने जनाईएको छ । पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार केन्द्रीय समिति बैठकमा समग्र बिषयमा घनिभुत छलफल हुनेछ , पार्टीको नाम, चुनाब चिन्ह , सैद्धान्तिक बैचारिक पक्ष र भाबी रणनीतिका बिषयमा खुलेर छलफल हुनेछ ।

महामन्त्री बर्तौलाले भने – ‘पार्टी प्रजातान्त्रिक ढंगले चल्ने हुँदा सबै बिषयमा छलफल हुन्छ, बिचारको मन्थन हुन्छ, बहस हुन्छ , निशेधको राजनीति हुदैन ।’ पार्टीलाई बैकल्पिक शक्तिको रुपमा अगाडी बढाउने सन्दर्भमा सबै बिषयलाई पार्टीले गम्भीरतापुर्बक ग्रहण गर्छ – उनले भने । कार्यपत्र र प्रतिबेदनहरु बैठक अघि बस्ने कार्यसम्पादन समितीमा प्रस्तुत गरि पारित गर्ने तयारी भैरहेको सचिवालय प्रमुख एबं महामन्त्री भाष्कर भद्राले जानकारी दिए ।

 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १० : ३९ बजे

मौसमी जोखिममा सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

प्रदेश विश्वविद्यालयको विधानमा स्वायत्ततामाथि प्रश्न : पुनरावलोकन आवश्यक

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयको विद्यमान विधानका विभिन्न दफा तथा

कांग्रेस महाधिवेशन : पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म

बाँकेमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन गरिँदै

यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने