काठमाडौं । नेकपा एमालेका सांसद एवं परिवार दलका अध्यक्ष एकनाथ ढकाल कोरियाबाट काठमाडौं आएलगत्तै विमानस्थलबाटै पुनः कोरिया फर्किएका छन् ।
सिओलबाट हङकङ हुँदै मंगलबार राति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिएका ढकाल आफु आएकै जहाजबाट पुनः कोरिया फर्किएका हुन् ।
राति १० बजे क्याथे प्यासिफिकको उडान नम्वर सीएक्स ६०३ बाट उनी काठमाडौंमा उत्रिएका थिए तर मध्यराति १२ बजे उनी सोही विमानको उडान नम्वर ६०४ बाट हङकङ हुँदै कोरिया गएका हुन् ।
ढकाल यही वैशाख १७ गते कोरिया गएका थिए । काठमाडौं झर्ने वित्तिकै पुनः कोरिया नै फर्किनुलाई अर्थपूर्ण मानिएको छ ।



















प्रतिक्रिया