काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको आजबाट बयान सुरु हुने भएको छ ।
सरकारी वकिलले पुर्व गृहमन्त्री खाँण पक्राउको विषयमा केन्द्रित भएर आजबाट बयान लिन सुरु गर्ने भएको हो ।
‘हिजो प्रहरीले किन पक्राउ गरेको हो ? अदालत किन जानु भएको हो ? अदालतले के के निर्णय दियो ? लगायतको बिषयमा सामान्य सोधपुछ गरिएको थियो भने आजबाट पक्राउ पर्नुको कारण के हो र त्यसमा उनको संलग्नता के कस्तो हो ? भन्ने विषयमा केन्द्रित भएर बयान सुरु हुनेछ,’ एक सरकारी वकिलले भने । उनका अनुसार आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नता र उनका सहयोगीहरुका बारेमा पनि सोधपुछ गरिने छ ।
बुधबार बिहान ‘जरुरी पत्र’ मार्फत पक्राउ परेका पुर्व गृहमन्त्री खाँण माथी अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले चार दिनको समय दिईसकेको छ । अदालतले दिएको समयसिमा भित्र नै खाँणको बयान सक्ने तयारीमा सरकारी वकिलको कार्यालय रहेको छ ।
आज रातभर प्रहरी कस्टडीमा बिताएका पुर्व गृहमन्त्री खाँणसँग आज बिहान १० बजेपछि सरकारी वकिलले बयान लिन सुरु गर्ने जनाईएको छ ।
हिजो झन्डै ४५ मिनेट सरकारी वकिलको कार्यालयमा बिताएका खाँणले सरकारी वकिल समक्ष आफनो पक्राउ बारेमा सामान्य जानकारी दिएका थिए ।



















प्रतिक्रिया