५ पुस २०८२, शनिबार | December 20, 2025

प्रभु साह नेतृत्वको आम आदमीसहित ५ दललाई निर्वाचन आयोगद्धारा कारवाही सुरु



काठमाडौं । निर्वाचन आयोगले दुई वर्षसम्म लेखा परिक्षण प्रतिवेदन पेश नगर्ने राजनीतिक दललाई कारवाहीको प्रक्रिया अघि बढाएको छ । आज सार्वजनिक सुचना जारी गर्दै आयोगले ५ वटा राजनीतिक दललाई कारवाही गर्ने प्रक्रिया अघि बढाएको हो ।

राजनीतिक  दल  सम्बन्धी  ऐन,  २०७३  को  दफा  ४१  को  उपदफा  (१)  बमोजिम आयोगमा  दर्ता  कायम  रहेका  राजनीतिक  दलहरूले  आर्थिक  वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र सो लेखा परीक्षण प्रतिवेदन आयोगमा पेस गर्नुपर्ने कानुनी दायित्व रहेको आयोगले स्मरण गराएको छ ।

‘आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन निरन्तर दुई आर्थिक वर्षसम्म पेस नगर्ने तपसिल बमोजिमका ५ (पाँच) वटा राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन कानुन बमोजिम तोकिएको समयावधिभित्र किन पेस नगरेको हो ? लेखा परीक्षण प्रतिवेदन आयोगमा पेस गर्ने कार्य नगरेकोले  तपाईंलाई  राजनीतिक  दल  सम्बन्धी  ऐन,  २०७३  को  दफा  ५४ को उपदफा (५) को खण्ड (क) बमोजिम किन कारबाही हुनु नपर्ने हो ? आफ्नो सफाइ सहितको स्पष्टीकरण सोही ऐनको सोही दफा ५४ को उपदफा (८) बमोजिम ७ (सात) दिनभित्र आयोगमा पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ आयोगले भनेको छ, ‘साथै आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन निरन्तर  दुई  आर्थिक  वर्षसम्म  पेस  नगर्ने राजनीतिक दलहरूको विवरण आयोगको वेबसाइटमा हेर्न सकिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

जसअनुसार शिव सेना नेपाल, मुस्कान सेना नेपाल, आम आदमी पार्टी, नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक रहेका छन् ।

 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : १२ बजे

देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।