१३ असार २०८३, शनिबार | June 27, 2026

बिजनेस नसकी अधिवेशन अन्त्य गरेर संसदलाई कार्यकारीको लाचार छायाँमा परिणत गरियो : नेपाली कांग्रेस



काठमाडौं । संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी कांग्रेसले अनुत्तरदायी कदम बताएको छ ।

सरकारले कसैलाई थाहा सम्म् नदिएर संसद अन्त्य गरेको भन्दै कांग्रेसले सबै दलसँग सल्लाह गरेर, संसदको बिजनेस सकिएपछि अधिवेशन अन्त्य गर्ने परम्परा सरकारले तोडेको स्पष्ट पारेको छ ।

सरकारले अकस्मात अधिवेशन अन्त्य गरेर संसदलाई कार्यकारीको लाचार छायाँमा परिणत गर्न खोजेको आरोप लगाएको छ ।

प्रतिनिधि सभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदको बिजनेस बाँकी नै रहेको भन्दै विधेयक, प्रतिवेदन, संकल्प र ध्यानाकर्षण प्रस्तावहरुमाथि छलपल नै नगरी अधिवेशहनको अन्त्य गरिएको बताएका छन् ।

सरकारले अधिवेहनको अन्त्यको सिफारिस पठाए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य भएको पत्र संसदलाई पठाएकी थिईन् ।

मन्त्रिपरिषद्को बिहीबार मध्यान्न बसेको बैठकले चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ५ : ३२ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट