२३ भदौ २०८३, मंगलबार | September 8, 2026

स्थापना दिवसमा सशस्त्रको विविध कार्यक्रम, ३१ जनाले गरे रक्तदान



भैरहवा ।  सशस्त्र प्रहरी बल, नेपाल नम्वर २७ गण हेडक्वाटर रुपन्देहीले स्थापना दिवसको अवसर पारी विविध कार्यक्रम गरेको छ ।

सशस्त्र प्रहरीले देशका नागरिकको शान्ति सुरक्षा, विपतमा उद्दार मात्रै नगरी सामाजिक क्षेत्रमा उत्तरदायि छ भन्ने सन्देशका साथ रक्तदान, मधुमेह परिक्षण, सिमा क्षेत्र  तथा मन्दिरको सरसफाइ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्वर २७ गण हेडक्वाटर रुपन्देहीका प्रमुख एसपी दिपक थापाले बताए । ‘१६ औं स्थापना दिवसको अवसरमा रगतको अभावले नै कसैको ज्यान जान नपाओस, रगतको संचितिमा सहयोग पुगोस भन्ने हेतुले गणभित्र रक्तदान कार्यक्रमको आयोजना गरेका हौ’ थापाले भने ।

कार्यालयले दिवसको पूर्वसन्ध्यामा नेपाल–भारत सिमा क्षेत्र र मन्दिरमा बृहत सरसफाई गरिसकेको छ भने दिवसको अवसर पारेर शनिबार कार्यालय परिसरमा रक्तदान गरेको छ ।

लायन्स क्लब अफ भैरहवा लिगेसी र भिम अस्पतालको सहयोग र समन्वयमा कार्यालय परिसरमा रक्तदान र मधुमेह परिक्षण गरिएको गणका सूचना अधिकारी डिएसपी प्रेम प्रसाद सिग्देलले जानकारी दिए ।

सिमा सुरक्षा सँगै सशस्त्र प्रहरी बलले जिल्लामा हुने विभिन्न खालका विपद् तथा नागरिकहरूलाई आवश्यक परेको समयमा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सुरक्षा प्रदान गर्ने गरेको छ भने विपद, महामारी तथा प्राकृतिक प्रकोपहरुमा सशस्त्र प्रहरी सशक्त रुपमा नागरिकको उद्दारमा क्रियाशील हुँदै आएको छ । रक्तदान कार्यक्रममा ३१ जना सशस्त्र प्रहरीले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ३ : ०५ बजे

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला