५ श्रावण २०८३, मंगलबार | July 22, 2026

दाउन्ने एग्रो फार्म प्रालिलाई कम्पनी बनाइँदै



चितवन । पोल्ट्री फार्मलाई लिमिटेड कम्पनी (पब्लिक कम्पनी)मा लगिने भएको छ । दाउन्ने एग्रो फार्म प्रालिलाई सर्वसाधारणलाई सेयर वितरण गरेर लिमिटेड कम्पनी बनाउन लागिएको हो ।

देशकै ठूलो यस कम्पनीले शनिबार पूर्वी चितवनको रत्ननगरमा विशेष साधारणसभा गरी पब्लिक कम्पनीमा लैजाने निर्णय गरेको हो । कम्पनीका कार्यकारी निर्देशक विनोद पोखरेलका अनुसार साधारणसभाबाट पब्लिकमा जाने गरी निर्णय गरेर प्रक्रिया अघि बढाइएको छ । कम्पनीको पोल्ट्री फार्म विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ सर्दी नवलपुरमा रहेको छ ।

सो कम्पनी र भगिनी कम्पनी गरी सो क्षेत्रमा ३३ बिघा जमिनमा फार्म रहेको छ । कार्यकारी निर्देशक पोखरेलका अनुसार फार्ममा चार लाख लेयर्स कुखुरा छन् । फार्ममा रु एक अर्ब ५० करोड लगानी भइसकेको छ । फार्म विस्तारका क्रममा रहेकाले रु दुई अर्बभन्दा बढी लगानी पुग्नेछ । कम्पनीमा हाल ४० जना सेयर सदस्य छन् । कुखुराका लागि आवश्यक पर्ने चल्ला हुर्काउने खोर, अण्डा भण्डारण केन्द्र, दाना भण्डारण केन्द्र, कर्मचारी आवासलगायतका संरचना रहेका छन् । सँगै क्रेट उद्योग र मल उद्योग पनि रहेका छन् ।

उनका अनुसार त्यहाँ दैनिक एक हजार छ सय पेटी अण्डा उत्पादन हुँदै आइरहेको छ । एकान्त र सुरक्षित ठाउँमा कम्पनी अवस्थित रहेको हुनाले अण्डाको उत्पादन र उत्पादकत्व दुवै उच्च छ । अत्याधुनिक स्वचालित प्रणालीमा अण्डाको ग्रेडिङ गरी उपभोक्तालाई सहुलियत मूल्यमा यस कम्पनीले अण्डा बिक्री गरिरहेको छ ।

कम्पनीका उपकार्यकारी निर्देशक विपिन पोखरेलले कम्पनीले भगिनी संस्था किसान दाना उद्योगले बजारीकरण गरिरहेको डिपोहरूमार्फत अण्डा बिक्री गरिरहेको बताए । हालसम्म देशका विभिन्न सहरमा १५ वटा डिपो र अन्य डिलरमार्फत अण्डा बिक्री हुँदै आइरहेको उनको भनाइ छ । उनले भने, “कम लागतमा अण्डा उत्पादन गरेर सस्तो र सर्वसुलभरूपमा उपभोक्तासमक्ष पु¥याउने हाम्रो लक्ष्य छ ।”

कम्पनीका अध्यक्ष रघुनाथ भट्टले पोल्ट्री फार्म पब्लिकमा जान लागेको नेपालमै पहिलो भएको बताए । आम नागरिकलाई सेयरधनी बनाएर देशका अन्य ठाउँमा समेत अत्याधुनिक फार्म निर्माण गरी कम लागतमा धेरै अण्डा उत्पादन गर्ने र सर्वसुलभरूपमा उपभोक्तासम्म पु¥याउने लक्ष्य रहेको उनले जानकारी दिए । विशेष साधारणसभाले निर्णय गरेसँगै पब्लिकमा जाने प्रक्रिया अघि बढेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ९ : ४० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं