५ पुस २०८२, शनिबार | December 20, 2025

बेलहिया देखि काठमाडौं सम्म ‘हिमालयन मेट्रो ’ एसी बस



बुटवल । रुपन्देहीको नेपाल भारत सिमा नाका बेलहिया देखि संघीय राजधानी काठमाडौं सम्म नयाँ आत्याधुनिक सुविधा सम्पन्न वातानुकुलित (एसी) बस सुरु भएको छ ।

आईतबार साँझ बेलहिया बाट पहिलो पटक काठमाडौंका लागि हिमालयन मेट्रो एसी बस शुभारम्भ गरी औपचारिक रुपमा अत्याधुनिक बसको सेवा शुभारम्भ गरिएको हो ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आवद्ध व्यवसायीहरु मदन पन्थी, विष्णु प्रसाद पाण्डे, बासुदेव अर्यालको लगानीमा पहिलो चरणमा अत्याधुनिक ३ वटा बस सुरुवात गरिएको छ ।

पहिलो चरणमा ३ वटा बस निर्माण सम्पन्न गरी सञ्चालन ल्याइएको र आगामी दिनमा थप ३ वटा बस तयारी गरिएको सञ्चालक मदन पन्थीले जानकारी दिए । अगामी दिनमा नेपालका ठुला सहरहरूमा एस बसकोे सेवा विस्तार गरिने समेत उनले जानकारी दिए ।

नयाँ बस बसको सिद्धार्थ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा पर्यटन व्यवसायी विष्णु शर्मा सहित सञ्चालकलहरुले रिबन काटेर औपचारिकरुपमा बस शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष शर्माले अहिलेको आर्थिक संकटको बेलामा शुभारम्भ गरिएको आत्याधुनिक बसले सेवाग्राहीहरुको मन जित्न सफल हुने अपेक्षा लिएको बताएका थिए । उनले व्यवसायीहरुको आँट र साहको उच्च प्रंशसा गर्दै यातायात व्यवसायममा हिमालय मेट्रो एउटा सफल यातायातको रुपमा शुभारम्भ हुने समेत बताए ।

कार्यक्रममा नेपाल-भारत मैत्री संघका केन्द्रीय अध्यक्ष तथा पर्यटन व्यवसायी श्रीचन्द्र गुप्ता, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका बेलहिया काउन्टर ईन्चार्ज सुरेन्द्र पन्थी, सिद्धार्थ नगर नरपालिका वडा नम्बर १ का वडा सदस्य मीन बहादुर गुरुंङ्ग, धनु रायमाझी लगायतले बोल्दै नयाँ शुभारम्भ भएको बसको उच्च सफलताको कामना व्यक्त गरेका थिए ।

अशोक ल्यल्याण्ड कम्पनीको उक्त बसको नेपालमा आईएमई मोटर्सले माकेटिङ्ग गर्दै आएको छ । कम्पनीका शाखा प्रबन्धक लेखनाथ बस्याल(शंकर)ले अन्य कम्पनिको गाडी भन्दा यो कम्पनीको गाडीले ईन्धनखपत न्युनरहेको कारण व्यवसायीहरुको रोजाईमा पर्न सफल भएको बताएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : ५९ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा