६ पुस २०८२, आइतबार | December 21, 2025

आरजुको पक्षमा उभियो महिला सङ्घ



काठमाडौं । नेपाल महिला सङ्घले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाको नाम समेत जोडिएकोप्रति आपत्ति जनाएको छ ।

महिला सङ्घले आज विज्ञप्ति प्रकाशन गरेर नेपाली कांग्रेसकी सांसद डा राणालाई विभिन्न लाञ्छना लगाइ सो प्रकरणमा उहाँको संलग्नता रहेको भनेर नियतबस आरोप लगाइएको भन्दै यस कार्यको भत्र्सना गरेको छ ।

नेपाल महिला सङ्घकी अध्यक्ष उषा रावत मिश्रद्वारा आज जारी विज्ञप्तिमा प्रहरीले अनुसन्धान गरिरहेको यस घटना नेपालको प्रतिष्ठासँगै जोडिएकाले यसमा संलग्नहरुलाई कडा कारबाही गर्नुपर्छ भन्दै “डा राणा आफैँले संसद् तथा अन्य सार्वजनिक मञ्चहरुमा आफ्ना भनाइ राखिरहेको अवस्थामा उहाँको संलग्नता भएको जस्ता आधारहीन प्रचार गर्नु उहाँप्रतिको अन्याय हो” भनिएको छ ।

“उहाँका बारेमा आएको यस समाचारले समाजमा भ्रम सृजना गरिरहेको छ”, सो विज्ञप्तिमा भनिएको छ, “यस्ता खाले आधारहीन दुष्प्रचार र महिला नेताहरुमाथि हुने गरेको राजनीतिक हिंसा हिंसाहरु तुरुन्त बन्द गर्न अनुरोध गरिन्छ ।”

सो विज्ञप्तिमा यसरी कसैको चरित्र हत्या गर्नेगरी समाचार सम्प्रेषण नगर्न तथा सत्यतथ्य एवं वस्तुनिष्ठ हुन सबै सञ्चारमाध्यमलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ७ : ५२ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा