५ आश्विन २०८३, सोमबार | September 22, 2026

बैंकिङ कसूरमा पक्राउ



काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुरथिमी–७ बस्ने ४१ वर्षीय राम ज्यापु र काठमाडौँ बूढानीलकण्ठका प्रकाश बुढाथोकी रहेका छन् । रामविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले गत भदौमा ११ लाख ५० हजार जरिवाना र तीन दिन कैद हुने ठहर गरेको थियो ।

सोही मुद्दामा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–११ पैयूँटार बस्ने ४४ वर्षीय प्रकाश बुढाथोकीलाई पनि बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनलाई अदालतबाट १० लाख ५० हजार जरिवाना र सात दिन कैद हुने ठहर भएको थियो । सजाय बेरुजू रही दुवै जना फरार हुँदै आएका थिए ।

उनले आफ्नो खातामा रकम मौज्दात नभएको भन्ने जानीजानी चेक काटी दिएकोमा बैंकमा सो चेकबाट रकम भुक्तान हुन नसकी चेक बाउन्स भएको थियो ।

पक्राउ परेका दुवै जानालाई कैद भुक्तानको लागि बिहीबार केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ९ : २० बजे

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ । त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा रु ५२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न