३ चैत्र २०८२, मंगलबार | March 17, 2026

एमसीसी पारित भएपछि अमेरिकन हस्तक्षेप बढन थाल्यो: झलनाथ खनाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नेपाल प्रति बैदेशिक चासोसहित हस्तक्षेप बढेको बताएका छन् ।

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भए पछि अमेरिकन सक्रियता र चासो पनि थप बढेको नेता खनालले जनाएका छन् ।

आज बिहान काठमाडौंमा आयोजित ३० औं मदन–आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै एमसीसी पारित भए पछि अमेरिकन नेताहरु तारान्तर नेपाल आउन थालेको उनको भनाइ छ । ‘एमसीसी पारित भए पछि अमेकिरन नेताहरु तारान्तार नेपाल आउन थालेका छन, उनीहरु आउने बितिक्कै सुरुमा तिब्बतियनहरुलाई भेटन पुग्छन र गृहमन्त्रीलाई भेटेर उनीहरुको परिचय पत्र बनाउन लगाउँछन्,’ उनले भने, ‘यो सब बिषयलाई गम्भिर रुपमा हेर्नुपर्छ, अमेरिकनहरुवाट खुल्लम खुल्ला रुपमा यस्तो बैदेशिक हस्तक्षेप यसअघि कहिल्यै भएको थिएन ।’

पछिल्लो समयमा राष्ट्र र राष्ट्रियतामाथि विदेशी चलखे‍ल थप बढेको उल्लेख गर्दै नेता खनालले देशमा संकट पर्दा मदन भण्डारीलाई स्मरण गर्नुपर्ने अवस्था आएको जनाएका छन् । भण्डारीले बैदशिक हस्तक्षेपका बिरुद्ध डटेर सामना गर्नका लागि सदैव प्रेरणा दिने गरेको पनि खनालले स्मरण गरेका छन् ।

नेकपा एमाले बिभाजन गरेर अलग भए पछि खुलेरै मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)का बिपक्षमा उभिदै आएका खनालले बामपन्थी एकता कायमै राख्न सकेमा सातवटै प्रदेशमा कम्युनिष्टहरुको सरकार निर्माण हुने भन्न चाँही बाँकी राखेनन् । ‘बामपन्थीहरु बीच एकता कायम गर्ने हो भने सातै प्रदेशमा कम्युनिष्टहरुको सरकार बन्दछ, मदन भण्डारीले कम्युनिष्ट एकताका लागि सदैव त्याग गर्नु भएको थियो, उहाँवाट यो पाठ सिक्नु पर्छ,’ उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नक्कली भुटानी शरणार्थी काण्डलाई सहि ढंगले टुंगोमा पुर्‍याउनुपर्नेमा जोड गरेका छन । ‘यो काण्डलाई अपराधको मात्र हो भनेर सिमित गर्नु हुदैँन, यो राष्ट्रघात र देशद्रोही कार्य हो, ’ खनालको भनाई थियो । प्रहरी अनुसन्धानलाई सहयोग गर्नुपर्ने जनाउँदै खनालले त्यसमा राजनीतिक हस्तक्षेप हुन नहुने जनाएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ९ : ५१ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन