काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको आदेशअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति निकालेर लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् । अन्यथा जेठ ६ देखि १० सम्म नेपाल बन्द गर्ने चेतावनी दिइएको छ ।
टीकापुर घटनालाई राजनीति घटनाको रुप लिइनुपर्ने र सोहीअनुसार समाधान खोजिनुपर्ने नागरिक उन्मुक्ति पार्टीले माग गरेको छ ।
सर्वोच्च अदालतले नागरिक उन्मुक्तिका अध्यक्ष रेमश चौधरीलाई आजीवन काराबासको सजायँलाई सदर गरेपछि सो पार्टी आक्रोशित भएको छ ।



















प्रतिक्रिया