२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

कामपाद्वारा ७० दशमलव ९६ प्रतिशत राजस्व असुल



काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आवको गत वैशाख मसान्तसम्मा रु सात अर्ब ३९ करोड ४० लाख ११ हजार राजस्व असुल गरेको छ । जुन लक्ष्यको ७० दशमलव ९६ प्रतिशत हो ।
चालु आवको लागि कामपाले लागि  रु १० अर्ब ४१ करोड ९५ लाख ४९ लाख राजस्व असुल गर्ने लक्ष्य लिएको थियो । सङ्कलित राजस्वमा आन्तरिक आयतर्फ ९० दशमलव ४५ प्रतिशत, बाँडफाँटबाट प्राप्त हुने रकममा ३३ दशमलव ५० प्रतिशत र अनुदानतर्फ ८६ दशमवलव ४५ प्रतिशत प्रगति प्राप्त भएको कामपा राजस्व विभाग प्रमुख धु्रव काफ्लेले जानकारी दिए । गत वर्ष कामपाले रु नौ अर्ब आठ करोड ७० लाख १३ हजार लक्ष्य लिएको थियो ।
कामपामा विशेष गरी आन्तरिक आयमा सम्पत्ति कर, बहाल कर, भूमि कर÷मातपोत कर, सवारी कर (साना सवारी साधन), अन्य व्यक्तिगत आन्तरिक अनुदान (जनसहभागिता÷लागत सहभागिता÷सामाजिक उत्तरदायित्वअन्तर्गतका काममा जम्मा हुने रकम), घरबहाल कर, वित्तीय निकायबाट प्राप्त हुने ब्याजलगायत शीर्षक छन् ।
यस्तै पर्यटन शुल्क, अन्य बिक्रीबाट प्राप्त रकम, सेवा शुल्क, न्यायिक दस्तुर, शिक्षा क्षेत्रको आम्दानी, परीक्षा शुल्क, प्रशासनिक सेवा शुल्क, पार्किङ शुल्क, नक्सा पास दस्तुर, सिफारिस शुल्क, व्यक्तिगत घटना दर्ता, नाता प्रमाणित दस्तुर, व्यवसाय रजिष्ट्रेसन दस्तुर, प्रशासनिक दण्ड जरिवाना र जफत, धरौटी सदरस्याहा, बेरुजुलगायत शीर्षक छन् ।
यी शीर्षकमध्ये सबैभन्दा धेरै प्रगति पर्यटन शुल्कमा भएको छ । यसमा रु सात करोड लक्ष्य लिएकोमा रु आठ करोड ७१ लाख ८७ हजार ५० आम्दानी भएको छ । यो लक्ष्यको एक सय २४ दशमलव ५५ प्रतिशत हो । यस्तै पार्किङ शुल्कमा एक सय २४ दशमलव ०४, नक्सापास दस्तुरमा एक सय १२ दशमवलव १८ प्रतिशत, सम्पत्ति बहाल तथा पट्टाबापतको आयमा एक सय ११ दशमवलव २८ प्रतिशत आय भएको प्रमुख काफ्लेले जानकारी दिए ।
राजस्व बाँडफाँटअन्तर्गत सरकारले मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको शुल्क एउटै शीर्षकमा पठाउने गरेको छ ।
बाँडफाँटबाट आय प्राप्त हुने शीर्षकमा, घरजग्गा रजिष्ट्रेसन दस्तुर, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर छन् । आन्तरिक अनुदानमा समानीकरण, सशर्त अनुदान चालु सशर्त अनुदान पुँजीगत शीर्षकमा रकम प्राप्त हुन्छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ८ : ४६ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री