५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

राष्ट्रिय जनमोर्चा बुटवलनगर सम्मेलन सम्पन्न

१३ पूर्ण र ४ बैकल्पिकसहित १७ सदस्यिय नगर समिति सर्वसम्मत चयन



बुटवल । राष्ट्रिय जनमोर्चा, बुटवल उपमहानगरपालिकाको तेस्रो नगर सम्मेलन नया नेतृत्व चयन गर्दै विहिवार बुटवलमा सम्पन्न भएको छ ।

सम्मेलनले पदम प्रसाद श्रेष्ठको अध्यक्षतामा १३ पूर्ण र ४ बैकल्पिक गरि १७ सदस्यिय नगर कार्य समिति सर्वसम्मत चयन गरेको सो पार्टीले जनाएको छ । जसमा उपाध्यक्ष माया खनाल, सचिवमा गंगालाल सापकोटा, कोषाध्यक्षमा गोपाल गैरे, सहसचिवमा गोपाल वञ्जाडे निर्वाचित भएका छन । यसैगरि सदस्यहरुमा शशी पौडेल, दिलप्रसाद नेपाली, रेनु सिंह, मुक्ति सापकोटा, कृष्ण बराइली, भोला भुसाल, विष्णु विक, अमृता पुन रहेका छन । बैकल्पिक सदस्यमा दिपक योगी, विष्णुमाया बेल्वासे, शेरबहादुर थापा र एकल रिजाल चयन भएका छन ।

सम्मेलनले सल्लाहाकारमा कृष्णप्रसाद पोखरेल, दिपक थापा, राप्रसाद पाण्डे, रामबहादुर विक, उमलाल वञ्जाडे, गनीराम विसी, थम्मन बहादुर पुलामीलाई चयन गरेको छ ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहार तथा रुपन्देही अध्यक्ष बद्रे आलमले निष्ठा र नैतिकताको राजनीति हराउदै गएको वर्तमान अवश्थामा जनताका समस्याहरु समाधान गर्ने आन्दोलन कमजोर बनेको बताए । पछिल्ला दिनहरुमा देखा परेका अराजनैतिक क्रियाकलापले पार्टीहरुले निष्ठा गुमाएको जिकिर गर्दै जनताको पक्षमा बोल्ने र संघर्ष गर्ने उभ्याउन कार्यकर्ताहरुलाई आलमले आग्रह गरे ।

उनले बाहिरी शक्तिको चलखेलमा गणतन्त्र र धर्मनिरपेक्षतालाई खतम गर्ने षडयन्त्र भैरहेको बताउदै गणतन्त्रको रक्षाको प्रश्न जटिल बनेको धारणा राखे । आलमले आफ्नो पार्टीले जनताको माझमा सधै निष्ठाको राजनीति गरेको दावी गर्दै संघिय प्रणालीले मुलुकलाई अधोगति तिर जान्छ भन्ने आफुहरुको भनाई प्रमाणित हुदै गएको बताए ।

नगर अध्यक्ष पदम प्रसाद श्रेष्ठको अध्यक्ष्ता, उपाध्यक्ष कृष्ण प्रसाद पोखरेलको स्वागत र सचिव गंगालाल सापकोटोको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न शुभेक्षुक संगठनका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

नव निर्वाचित अध्यक्ष श्रेष्ठले समापनका अवसरमा पार्टीलाई जनतको माझमा जनताको साथमा लैजानको लागि बलियो संगठनको आवश्यक्ता पर्ने हुदा त्यसमा सबैलाई सक्रिय भएर लाग्न आग्रह गरे । अन्य पार्टी र संगठनलाई हेरेर होइन आफ्नो पार्टीको नीति र कार्यक्रममा विचलित नभएर लाग्न पनि उनले सो अवसरमा जोड दिएका थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ८ : ०० बजे

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी

आजको मौसम : उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

श्रीलंकाको शानदार जित, अस्ट्रेलियालाई हराउँदै सुपर आठमा प्रवेश

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह चरणको महत्वपूर्ण खेलमा

निर्वाचन आउन १६ दिन बाँकी : बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका